भारतको कुस्ती केन्द्रमा गोली हानेर ५ जनाको हत्या

काठमाडौं । भारतको कुस्ती केन्द्रमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । हरियाणाको रोहतक जिल्लास्थित कुस्ती केन्द्रमा शुक्रबार साँझ गोली हानेर ५ जनाको हत्या भएको हो ।घटनामा दुई जना घाइते भएको र अहिले उनीहरूको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसमा संलग्नमध्ये केहीलाई नियन्त्रणमा लिइएको छ भने केही फरार छन् । तिनको खोजी भइरहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रेषित खबरहरूमा बताइएको छ । घटनाको ठोस कारण अहिलेसम्म खुल्न सकेको छैन । तर प्रारम्भिक अनुसन्धानमा पुरानो रिसिइबी साध्न गोली दागिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया