पोस्तकको कथा संग्रह ‘मुन्नी’ बजारमा

काठमाडौं । पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’ बजारमा आएको छ । अमेरिकामा रहेर पर्यटन पेशामा आबद्द श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह ल्याएका हुन्। लिपि बुक्समार्फत बजारमा आएको पुस्तकमा २२ वटा कथा समावेश छन्। संग्रहित पुस्तक समावेश कथाहरु समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए। ‘अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन्। किनकी एउटा लेखक कुनैपनी विषयमा तटस्थ हुन सक्दैन्’, उनले भने, ‘कथामा सामाजिक विषयहरु अटाएका छु। जहाँ प्रेम,युद्द,राजनिती तथा सामाजिक विषय छन् ।’
प्रतिक्रिया