NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

पत्रपत्रिका समाचार : विकास बजेट ब्याजमा लगाउँदै काठमाडौं महानगर

काठमाडौं । आज ०७७ फागुन २ गते आइतबार । राजधानी काठमाडौंबाट प्रकाशित अखबारहरूले विभिन्न विषय उठाएका छन् । तर सबैको प्राथमिकतामा भने बेथिति र अनियमिततासँग सम्बन्धित सामग्री परेका छन् । नयाँ पत्रिका दैनिकले आज काठमाडौं महानगरपालिका (कामनपा) भित्रको बेथितिलाई मुख्य समाचार बनाएको छ ।समाचार अनुसार, वर्षौंदेखि थालिएका आयोजना अलपत्र पार्दै आइरहेको कामनपाले विकास बजेट ब्याजमा लगाएको छ । महानगरपालिकाले गलत अभ्यास गर्दै विकास बजेटका लागि आएको एक अर्ब नौ प्रतिशत ब्याज आउने गरी मुद्दती खातामा राखेको हो ।‘काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा मुद्दति खातामा राखेर नौ प्रतिशत व्याज उठाइरहेको छ,’ नयाँ पत्रिका समाचारको लिड लाइनमा लेखिएको छ ।विकास बजेट ब्याजमा लगाएको महानगरपालिकाले भने उल्टै यसको बचाउ गरेको छ । तरलता बढी भएकाले नबिल बैंकमा मुद्दति खातामा रकम राखिएको र यसले विकासमा बाधा नगर्ने उसको तर्क छ ।महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भनेका छन्–अहिलेको महानगरको तरलता बढी भएकाले एक अर्ब मुद्दतीमा राखिएको हो । ९ प्रतिशत ब्याज आउने भएकाले नबिल बैंकमा राखिएको हो । यसले विकासमा बाधा गर्दैन ।’अर्थविद्हरूले यसलाई गलत भनेका छन् । पूर्वसचिव रामेश्वर खनालका अनुसार, विकास बजेट मुद्दतीमा राखेर ब्याज उठाउनु अपराध हो । अर्का पूर्वसचिव शान्तराज सुवेदीले यसलाई कार्यकुशलताको चरम अभाव भनी टिप्पणी गरेका छन् ।१३ नेपालीमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएको अर्को खबरलाई पनि नयाँ पत्रिकाले प्राथमिकतापूर्वक आफ्नो पहिलो पृष्ठमा समेटेको छ । पोखराका १२ जनामा यस्तो भाइरसको संक्रमण पुष्टि भएको हो ।बुटवलसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइदेखि प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइसम्मका विषयलाई नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।कान्तिपुर दैनिकले नेकपा विवादमा निर्वाचन आयोगले देखाएको उदासीनतामाथि प्रश्न उठाएको छ । आयोग किन अनिर्णयको बन्दी शीर्षक समाचारमा कान्तिपुर लेख्छ– नेकपा विवाद सल्टाउन देखाएको उदासीनताले आयोगो स्वतन्त्र छविमाथि प्रश्न उठ्दै छ ।बलात्कार आरोपित सिद्धबाबाबारे अदालतले गरेको फैसलामाथि पनि कान्तिपुरले प्रश्न उठाएको छ । महिलाले राजीखुसीमै सम्बन्ध राखेको फैसला अदालतले गरेपछि अहिले यो फैसलामाथि चौतर्फी आलोचना भइरहेको छ ।बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको परिवारले खेपेको दुःखान्तलाई कान्तिपुरले एंकर बनाएको छ ।