चुनाव आचार संहिताको मस्यौदामा आयोग र दलहरुवीच छलफल

काठमाडौँ । आचार संहिताबारे छलफल गर्न निर्वाचन आयोगले दलहरुलाई बोलाएको छ । चुनावको आचार संहिता जारी हुनुअघि त्यसमाथि छलफल गर्न आयोगले आयोगमा दर्ता भएका सबै दलका प्रतिनिधीलाई बोलाएको हो । आगामी बैशाख १७ र २७ गते सम्पन्न हुने गरी घोषणा भएको निर्वाचनका लागि आयोगले आचार संहिताको मस्यौदा गरि सकेको छ । त्यही मस्यौदामाथि छलफल गर्न आयोगले दलहरुलाई छलफलमा बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा छलफल गर्न दलका प्रतिनिधीलाई बोलाइएको जानकारी दिए । आयोगले छलफलमा सहभागी हुन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ । दलहरुसँगको छलफलपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया