NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

केरुङ नाका तत्काल खोल्न पहल गर्न कांग्रेसको माग

काठमाडौं । कांग्रेसले चीनतर्फको केरुङ नाका तत्काल खोल्नका लागि पहल गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ पछि अवस्था सहज बन्दै गए पनि केरुङ नाका बन्द हुँदा नागरिक र व्यवसायीले दुः ख पाएको भन्दै कांग्रेसले तत्काल नाका खोल्ने वातावरणको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो । ‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुंदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’ ०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको छ । तर, दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नुलाई कांग्रेसले दुःखद भनेको छ । ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘अतः चिनियाँ पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’