बिबिसी प्रभावशाली महिला सूचीमा परेकी सपनाले चरित्र हत्या गर्ने बस्नेतविरुद्ध दिइन् जाहेरी

काठमाडाैं । केही समय अघि बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै विनयजंग बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छन्। बस्नेतले युट्युबमार्फत मगरको नांगा तस्वीर र भिडियो देखाइने धम्की दिएपछि १८ वर्षीया मगरले बस्नेतविरुद्ध परिसरमा जाहेरी दिएकी हुन् । बस्नेतविरुद्ध उनले अभद्र व्यवहारमा जोहेरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको भनाई छ । बेबारिसे शव जलाउने उनीहरु सँगै बस्थे । तर, उनीहरुबीच मनमुटाव आएपछि रोकाले बस्नेतसँग बस्न छोडेकी थिइन् । त्यसपछि बस्नेतले आफ्नो चरित्र हत्या गर्न खोजेको मगरको जाहेरीमा उल्लेख छ । बस्नेत युट्युवमा भाइरल बन्दै आएका छन् ।
प्रतिक्रिया