NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रचण्ड समूहद्वारा फेरि आन्दोलन घोषणा, टुडिखेल वरिपरि मानव साङलोदेखि वडातहसम्मै विरोध

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध फेरि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीको केन्द्रीय संघर्ष समितिले सोमबार आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । संविधानलाई सही ठाउँमा ल्याउन आफूहरु आन्दोलनमा जानुपरेको सो समूहको भनाई छ । यस्ता छन् प्रचण्ड समूहका नयाँ आन्दोलनका कार्यक्रमजिल्लाजिल्लामा प्रदर्शन, फागुन ५ देखि १२सम्म जिल्लाले विरोध६ फागुनमा प्रतिगमन, भ्रष्टाचारविरुद्ध टुडिखेल वरिपरि मानव साङलो७ फागुनमा पालिकाको वडा स्तरमा विरोध कार्यक्रम७ देखि १५ फागुनसम्म सार्वजनिक ठाउँमा हस्ताक्षर संकलन अभियान चलाउने८ फागुनमा कमाठमाडौंमा प्रतिगमनविरुद्ध अन्तक्र्रिया कार्यक्रम९ फागुनमा प्रतिगमनविरुद्ध र महिला हिंसाका घटनामा राज्य संवेदनशील नदेखिएको भन्दै विरोधमा कार्यक्रम काठमाडौं र जिल्लाजिल्लामा१० फागुनमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम११ फागुन मधेस, थारुसहितको विरोध कार्यक्रम१२ फागुनमा चितवनमा, २१ फागुनमा दाङमा विरोधसभा