NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सोमबार घरघरबाट विरोधमा उत्रिन देउवाको अपील

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले ३ फागुनमा ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध गरिने विरोध प्रदर्शनमा घरघरबाट सहभागी हुन आग्रह गरेका छन् । विरोध प्रदर्शनको अघिल्लो दिन आइतबार विज्ञप्ति जारी गर्दै देउवाले विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध उभिन अपिल गरेका हुन् । ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु’ विज्ञप्ति जारी गर्दै देउवाले भने, ‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’ संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा लागेको देउवाको भनाई छ । ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ देउवाले अपील गर्दै भनेका छन् ।