विवेकशील साझाको प्रचार विभाग प्रमुखमा परियार, सदस्यमा भेटुवाल

काठमाडाैं । विवेकशील साझा पार्टीको संचार विभागले विभागीय जिम्मेवारी विस्तार गरेको छ । प्रकाशचन्द्र परियार प्रमुख रहेको संचार, सूचना तथा प्रविधि विभागमा पहिलो चरणमा विभागीय समिति ११ सदस्यमा विस्तार गरिएको हो । परियार प्रमुख रहेको विभागमा हरिशप्रसाद भट्ट उपप्रमुख, शरदराज पाठक पदेन सदस्य, दिपकप्रसाद उप्रेती पदेन सदस्य, त्यसैगरी रोशनी अधिकारी, आशिश जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटुवाल, नरेश भण्डारी र मनन महर्जन सदस्य चयन भएका छन् । विवेकशील र साझा पार्टीबीच एकीकरण भएपछि गठन भएको संचार विभागको पहिलो चरणमा विभागीय समिति विस्तार भएको जानकारी परियारले दिए ।
प्रतिक्रिया