प्रधानमन्त्री ओलीका ३६ महिना : यस्ता छन् उपलब्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे कार्यकाल आज पूरा भएको छ । पाँच वर्षको लागि स्थायी सरकारको जिम्मा पाएका ओलीले प्रतिनिधि सभा विघटन गरेर कलंकको टिका लगाएका छन् । तर, यो तीन वर्षमा ओलीले अतिक्रमित भू–भाग लिम्पियाधुरा कालापानी र लिपुलेक समेटिएको नक्सा जारी गर्नेदेखि रेल ल्याउने सम्मका काम गरे । यस्ता छन उनको कार्यकालमा भएका राम्रा कामका सूची : मुलुकको नयाँ नक्सा जारी सरकारले गत ७ जेठमा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी ग¥यो । सन् १८१६ को सुगौली सन्धीअनुसार काली नदी र त्यसको पूर्वको भू–भाग नेपालको अंग भएपनि यसअघिको नक्सामा यी भू–धाग समेटिएका थिएनन् । गैरकानुनी तवरले व्यक्तिका नाममा पुर्याइएका आठ हजार रोपनी जग्गाको पहिचान, फिर्ता ल्याउन सिफारिस सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सरकारी, सार्वजनिक र गुठीको आठ हजार एक सय ९० रोपनी जग्गा हिनामिना गरेर व्यक्तिका नाममा लगिएको भन्दै गुमेको जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरेको छ । गैरकानुनी तवरले व्यक्तिका नाममा गएका जग्गामध्ये ५ हजार रोपनी जग्गा सरकारी हो भने दुई हजार चार सय रोपनी गुठी र एक सय २६ रोपनी सार्वजनिक जग्गा हो । अहिले त्यति जग्गाको मूल्य ६ खर्ब हाराहारीमा पुग्ने अनुमान आयोगको छ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गएको घटना सार्वजनिक भएपछि सरकारले देशभरको सरकारी, सार्वजनिक र गुठीको जग्गाको अवस्था बुझ्न सरकारले ६ जेठ ०७६ मा आयोग गठन गरेको थियो । आयोगले डेढ वर्षको अध्ययनपछि गत बुधवार प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रधानमन्त्री ओलीको कार्यकालमा चिनियाँ राष्ट्रपति सि चिन्फिङको राजकीय भ्रमण सम्पन्न भयो ।करिब २३ वर्षपछि चीनका राष्ट्र प्रमुखले गरेको यो भ्रमणलाई ऐतिहासिक मानिएको थियो । राष्ट्रपति चिन्फिङ १२ अक्टोबर २०१९ मा दुई दिने नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमणलाई सरकारको विशेष कूटनीतिक उपलब्धिका रुपमा लिएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा नेपाल र चीनबीच विभिन्न आर्थिक साझेदारीका विषयमा सम्झौता भएका थिए । नयाँ रेल आयो, सञ्चालनको तयारी प्रधानमन्त्रीले ओलीले आफ्नो भाषणमा पटक—पटक बोलेका विषय थियो, रेल । गत १ असोजमा नेपाल आइपुगेको थियो भारतीय रेल । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी पूरा भइसकेको छ । त्यसको लागि रेलको भाडादरको समेत प्रस्ताव गरिसकेको रेल्वे कम्पनीले जनाएको छ । पानीजहाज कार्यालय स्थापना रेल पछि प्रधानमन्त्री ओलीको भाषणको अर्को मुख्य पाटो थियो, पानी जहाज । त्यसको सञ्चालनका लागि सरकारले कार्यालय स्थापना गरेको छ । ललितपुरको एकान्तकुनामा स्थापना गरिएको नेपाल पानीजहाज कार्यालयको उद्घाट्न प्रधानमन्त्री ओलीले गरेका थिए । उता चितवनको नारायणी नदीमा क्रुज सञ्चालनको सफल परिक्षणसमेत भइसकेको छ । सामाजिक सुरक्षा कोष स्थापना प्रधानमन्त्री ओलीको कार्यकालको अर्को उपलब्धी हो, सामाजिक सुरक्षा कोषको स्थापना । कोषबारे त्यसबेला धेरै विवाद भएपनि यसको स्थापनालाई सकारात्मक रुपमा लिइएको छ । निजी क्षेत्रको पेन्सन तथा बीमाजस्ता विषयलाई व्यवस्थापन गर्न र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न कोषको स्थापना गरिएको हो । सगरमाथाको नयाँ उचाई सार्वजनिक सरकारले पहिलो पटक आफ्नै साधन स्रोत तथा जनशक्तिको बलमा सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाईं सार्र्वजनिक गरेको छ । नेपाल सरकार र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाईं सार्वजनिक गरेका थिए । सगरमाथाको उचाई बढेर ८८४८.८६ पुगेको छ । सगरमाथाको यो उचाईलाई पनि प्रधानमन्त्री ओलीले ठूलै उपलब्धीका रुपमा लिएका थिए । खाल्डाखुल्डीविहीन राजधानी लामो समयको सास्ती एवं बिरोधपछि काठमाडौंका उपत्यकाभित्रका अधिकांश सडक खाल्डाखुल्डी मुक्त भएका छन् । काठमाडौंमा ढल, सडक निर्माण, तार व्यवस्थापनलगायत कार्यका लागि बिगारिएको सडक वेवारिसे छोडिदिँदा बनेका खाल्डाखुल्डीले सर्वसाधारणले निकै सास्ती खेप्दै आइरहेका थिए । नागरिक एप सञ्चालन सरकारले प्रदान गर्दै आएको सबैै सेवालाई डिजिटालाइज गरी एकै प्लेटफर्मबाट सेवा दिने लक्ष्यसहित नागरिक एप सञ्चालनमा ल्याएको छ । अब एपबाटै विभिन्न सरकारी अनलाइज सेवाहरू प्राप्त गर्न सकिन्छ । एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाताको परिचयपत्रको विवरणसँगै नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको आतामा जम्मा भएका रकमको पनि जानकारी लिन सकिने व्यवस्था गरिएको छ । सडक आश्रित मानवरहित अभियानको थालनी प्रधानमन्त्री ओलीले सडकमा आश्रित मानवरहित अभियान सुरु गरेका थिए । जसअन्तर्गत काठमाडौं महानगरपालकासँगको सहकार्यमा काठमाडौंका विभिन्न स्थानहरुबाट बेसहारा सहयोगापेक्षीहरुको उद्वार तथा पुनस्र्थापना सुरु गरिएको छ । मालपोतमा ‘डिजिटलाइजेसन’ सरकारले सर्वाधिक भ्रष्टाचार हुने अड्डा मालपोत कार्यालयमा डिजिटल अभियान सुरु गरेको छ । भ्रष्टाचार न्यूनिकरण गर्ने उद्देश्यले सरकारले यो अभियान थालेको हो । ‘क्यासलेस’ कारोबारलाई व्यापकता, पैसा बोक्नुपर्ने झन्झटबाट मुक्त गोजीमा पैसा बोक्नुपर्ने झन्झटबाट मुक्त हुने वातावरण बन्दै गएको छ । रेष्टुराँ, क्याफे, सपिङ मल मात्रै होइन अब तरकारी किन्दा पनि ‘फोन पे’ मार्फत नै भुुक्तानी गर्न सकिने व्यवस्था ल्याइएको छ । यसले नगद बोक्नु पर्ने झन्झटबाट नागरिकहरू मुक्त भएका छन् । नागढुंगा सुरुङमार्गको निर्माण सुरु नागढुंगा–नौबिसे सुरुङमार्गले गति लिएसँगै नेपाल सुरुङमार्ग निर्माणको युगमा प्रवेश गरेकोे छ । जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँ ठेक्कामा सुरुङ निर्माणको काम सुरु गरेको हो । निर्माणकाे सम्झौता २०७३ सालमै भएपनि सुरुङको शिलान्यास कात्तिक २०७६ मा प्रधानमन्त्री ओलीले नै गरेका थिए । अधिकांश नागरिक करको दायरामा, ६२ प्रतिशतले खोले बैंक खाता गएको तीन वर्षमा आर्थिक क्षेत्रमा उल्लेख्य प्रगती भएको देखिन्छ । करिब ३० लाख ५८ हजार करदाता करको दायरामा आएका छन् भने एक नेपाली एक बैंक खाता अभियानअन्तर्गत करिब ६२ प्रतिशत नेपालीले खाता खोलेका सरकारी दावी छ । घट्यो भन्सार दर, करमा पनि छुट यो तीन वर्षमा सरकारले कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण गर्न स्वदेशी उत्पादनको उपभोगलाई जोड दिएको छ । स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन तथा स्वास्थ्यमा हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न भन्सार दरमा संशोधन गरेको छ । त्यसैगरी सरकारले कृषिमा आधारित सहकारी उद्योग पैठारी गर्ने ढुवानी साधनमा ५० प्रतिशत छुट दिइएको छ । कपडा उद्योगहरुले आयात गर्ने मिल, मेशिनरी पाटपुर्जा एवं केमिकलहरुमा एक प्रतिशतमात्रै भन्सार महसुल लगाइएको छ । स्वदेशमा प्रशस्त प्रयोग हुने कपडा, धागो, चिया, आधारभूत औषधी, महिलाहरुले प्रयोग गर्ने स्यानिटेरी प्याड, फिड सप्लिमेन्टजस्ता उद्योगले पैठारी गर्ने औद्योगिक मेशिनरी तथा यन्त्र उपकरणमा लाग्ने भन्सार दर घटाएको छ । भन्सारमा एकद्वार प्रणाली सरकारले भन्सार जाँच पास प्रणालीलाई सरल बनाउन भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजातहरु विद्युतीय माध्यमबाट बनाउने व्यवस्था मिलाएको छ । त्यस्तैगरि वित्तिय कारोबार गर्ने सहकारीहरुलाई नगरपालिका क्षेत्रभित्र पाँच प्रतिशत र महानगरपालिका क्षेत्रभित्र दश प्रतिशतमात्रै कर लाग्ने व्यवस्था मिलाइएको छ । व्यापारलाई थप सहज बनाउन अन्तराष्ट्रिय व्यापार स्वचालित प्रणालीबाट जाँच पास गर्ने व्यवस्था कार्यन्वयनमा आएको छ । उद्योगीलाई ५० प्रतिशतसम्म छुट चिया, कपडा एवम् डेरी उद्योगलाई प्रोत्साहन गर्न यी उद्योगमा लाग्दै आएको आयकरमा ५० प्रतिशतसम्म छुट दिने प्रस्ताव गरेको छ । लघु उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न त्यस्ता उद्योगलाई पाँच वर्षका लागि आयकर छुट दिने र महिलाले सञ्चालन गरेको यस्तो व्यवसायमा थप दुई वर्ष आयकर छुट दिने प्रस्ताव गरिएको छ । तयारी वस्तुको भन्दा औद्यागिक कच्चा पदार्थको आयातमा लाग्ने महशुल कम गरिएको छ । बढ्दै वैदेशिक लगानी पछिल्ला वर्षमा वैदेशिक लगानीतर्फ सकारात्मक परिवर्तन आएको छ । गत वर्षको तुलनामा वैदेशिक लगानीको प्रतिबद्धतामा १३२.५ प्रतिशतले वृद्धि भई ९३ अर्ब ७४ करोड लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ भने स्वदेशी तथा वैदेशिक गरी कूल लगानी प्रतिबद्धतामा ३९ प्रतिशतले वृद्धि भई १ सय ५२ अर्ब पुगेको छ । लगानी गर्ने वातावरण स्थापित गर्न स्वेदशी तथा विदेशी लगानीकर्तालाई प्रदान गरिने सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागमा एकल विन्दु सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । मोबाइल एपबाट उपभोक्ताले उजुरी गर्न सक्ने बजार अनुगमन र उपभोक्ताको गुनासो नगन्य मात्रामा छन् । यस्ता गुनासा व्यवस्थापनका लागि ‘कन्जुमर कम्प्लेन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । यो एप मार्फत नै उपभोक्ताले फोटो वा भिडियोसहित उजुरी गर्न सक्ने व्यवस्था मिलाइएको छ । ग्यास पाइपलाइन अध्ययन भारतको गोरखपुरदेखि नेपालको सुनौवलसम्म रासायनिक मल उत्पादन गर्न तथा आवश्यक प्राकृतिक ग्यास आपूर्ति गर्न पाइपलाइन निर्माणको पूर्व साम्भाव्यता अध्ययन शुरु गरेको छ । अण्डामा आत्मनिर्भर गएको तीन वर्षमा नेपाल अण्डामा आत्मनिर्भर भएको छ भने दूध र मासुमा आत्मनिर्भर हुने अवस्था पुग्न लागेको छ । कृषि क्षेत्रमा ३५ अर्ब ३१ करोडभन्दा बढी मूल्य बराबरको बाली तथा पशुपन्छीको बीमा भएको छ । गएको तीन वर्षमा ४९६ वटा कस्टम हायरिङ सेन्टर, ३३६ पोष्ट हार्भेष्ट सेन्टर, ३ वटा ठूला बजार पूर्वाधार र ३७ संकलन केन्द्र तथा हाट बजारको स्थापना भएको छ । विषादी परीक्षण ल्याबको स्थापना विराटनगर, भैरहवा र हेटौडालगायत देशभर ७ स्थानमा विषादी अवशेषको द्रूत विश्लेषण परीक्षण र अन्य थप तीन स्थानमा सबै खालका विषादीहरूको नमुना परीक्षण गर्ने ल्याबहरुको स्थापना भएको छ । पशुहरुमा कृतिम गर्भाधानको संख्यालाई ९ प्रतिशतले वृद्धि गरिएको छ । सिङ्गो देश सडक सञ्जालमा हिमाली जिल्ला हुम्लाको भूगोल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यसस“गै ७७ वटै जिल्ला सडकसँग जोडिएका छन् । यो वर्ष हुम्लाको तल्लो क्षेत्रका ताँजाकोट, अदानचुली र सर्केगाड गरि तीन गाउँपालिका सडक सञ्जालमा जोडिएका हुन् । यसअघि राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला थियो, हुम्ला ।
प्रतिक्रिया