हृदयघात भएका शाहीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । हृदयघात भइ उपचाररत कांग्रेस नेता तरुण दल महासचिव भुपेन्द्रजंग शाहीको स्वास्थ्यमा सुधार आएको छ । आइतबार राती ११ बजे शाहीलाई हृदयघात भएको थियो । हृदयघात भएपछि उनलाई उपचारको लागि महाराजगञ्जस्थित मनमोहन अस्पतालमा लगिएको थियो । राती नै उनको अप्रेशन भएको थियो । अप्रेशन सफल भएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको छ । स्वास्थ्यमा सुधार आएपछि उनलाई भेट्न नेताहरु अस्पताल पुग्न थालेका छन् । शाहीको अवस्था बुझ्न कांग्रेस नेता अर्जुनरसिंह केसी अस्पताल पुगेका थिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया