NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रधानमन्त्री ओलीद्धारा इटालियन् जनताको शान्ति र समृद्धिको कामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीको प्रधानमन्त्रीमा नियुक्त भएका मारियो ड्राघीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सोमबार इटालीका आफ्ना समकक्षीलाई एक शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले त्यहाँका जनताको शान्ति र समृद्धिको कामना गरेका हुन् । प्रधानमन्त्रीले दुई देशका बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् । उनले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न चाहेको समेत बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष