NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

भाजपा योजना र साम्प्रदायिक गतिविधि : सुनियोजित कि संयोग ?

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषय उठाएका छन् । सामग्रीहरूमा विविधता भए पनि मुख्य प्राथमिकतामा ४ पूर्वप्रधानन्यायाधीशले सर्वोच्चमा दिएको लिखित जवाफ र भारतका अमित शाहले नेपालबारे गरेको टिप्पणी परेको छ ।सर्वोच्चका ४ पूर्वप्रधानन्यायाधीशले दिएको जवाफबारे मुख्य समाचार बनाएको नयाँ पत्रिकाले भाजपा नेताले दिएको अभिव्यक्ति र नेपालमा बढ्दो साम्प्रदायिक गतिविधिलाई जोडेर विश्लेषणात्मक समाचार छापेको छ ।नेपाल र श्रीलंकामा संगठन विस्तार गरेर आफूअनुकूलको सरकार निर्माण गर्न प्रयासरत रहेको भारतीय गृहमन्त्री अमित शाहको भनाइ त्रिपुराका मुख्यमन्त्री विप्लव देवमार्फत आइतबार सार्वजनिक भएको थियो । विप्लवले आन्तरिक बैठकमा भएको छलफलको विषय सार्वजनिक गरेपछि अहिले शाह र भाजपाको चौतर्फी आलोचना भइरहेको छ ।नयाँ पत्रिकाले त्रिपुराका मुख्यमन्त्री देवमार्फत सार्वजनिक भएको अमित शाहको भनाइ गम्भीर रहेको टिप्पणी गरेको छ । भाजपाको विचारधारात्मक माउ संस्था हिन्दू स्वयंसेवक संघ (आरएसएस) ले नेपालमा अहिले आफ्ना कार्यक्रम तीव्र बनाएकाले हल्का रूपमा लिन नहुने उसको निष्कर्ष छ ।‘भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालमा विस्तार गर्न खोजिरहेको छ ?,’ शाहको अभिव्यक्तिलाई गम्भीर भएको निचोडका साथ नयाँ पत्रिकाले प्रश्न गरेको छ, ‘आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन् ?’कान्तिपुरले पनि आज यो विषयलाई एंकर बनाएको छ । भाजपा र स्वयं शाहले नै यसबारे प्रतिक्रिया नदिएकाले देवको अभिव्यक्तिको तथ्यबारे कान्तिपुरले आशंका गरेको छ । समाचारअनुसार देवले पटकपटक यस्ता विवादास्पद अभिव्यक्ति दिइसकेका छन् । र, उसैगरी माफी पनि मागेका छन् । कान्तिपुरले लेखेको छ– मुख्यमन्त्री देवका लागि यस किसिमका विवादास्पद अभिव्यक्ति दिनु नौलो कुरा होइन । उनी यसअघि पनि धेरै पटक विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिइसकेका छन् । केहीमा त उनले सार्वजनिक रूपमै माफी माग्नुपरेको छ ।’नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण टिप्पणी गर्ने देव पहिलो भारतीय राजनीज्ञि नरहेको पनि कान्तिपुरले लेखेको छ । भारतको राजनीतिक वृत्तमा बौद्धिक र नेपाल मामिलाका विशेष जानकार राजनीतिज्ञको परिचय बनाएका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको संस्मरणात्मक पुस्तकमा समेत नेपालसम्बन्धी तथ्यहीन र दुष्प्रचारप्रर्ण सामग्री समावेश भएको समाचारमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष