अदालतमा न्यायाधीशकै अगाडि इजलास अधिकृत र नायब सुब्बाबीच कुटाकुट

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ । इजलासमैं न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै अगाडि विवाद भएपछि इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच कुटाकुट भएको हो । सोमबार १४ नम्बर इजलासमा यसरी दुई कर्मचारी आपसमैं भिडेका हुन् । कुटाकुटमा इजलास अधिकृत गोकर्ण शर्मा सामान्य घाइते भएका छन् । उनकाे नाकबाट रगत बगेको हो । उनीहरुबीच मालपोत कार्यालयलाई गरिएको आदेशमा कार्यालय वा कार्यालय प्रमुख कसको नाममा आदेश गर्ने भन्ने विषयमा विवाद भएपछि कुटाकुट भएको हो । आदेशमा सही गराउन लिएर जाने क्रममा शर्माले आदेशको व्यहोरा नमिलेको भन्दै फर्काइदिए । सो व्यहोरा नमिलेको विषयमा तन्किंदै गएपछि दुवैजना कुटाकुटमा उत्रिएका हुन् । अदालतले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ । उनीबीच कुटाकुट भएपछि केहीबेर इजलास नै प्रभावित हुन पुगेको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया