NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

बैतडीमा ओली समूहको आक्रमणमा कांग्रेस केन्द्रीय सदस्य साउद घाइते

काठमाडौं । बैतडीमा कांग्रेसको विरोधसभामा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ । डिलासैनी गाउँपालिकामा कांग्रेसले गरिरहेको विरोधसभामा ओली समूहले आक्रमण गरेको हो । आक्रमणमा परी कांग्रेस केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता घाइते भएका छन् । साउदको पेटमा ढुंगाले लागेको बताइएको छ । विरोधसभा सभा चलिरहँदा सो समूहले आएर एक्कासी आक्रमण गरेको हो । नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको टोलीले सरकार र ओली समूहविरुद्ध जिल्लामा कार्यक्रम गर्न निषेध गरिएको भन्दै आक्रमण गरेको कांग्रेस नेता नैनसिंह महरले जानकारी दिए । यसरी आएको टोलीले मञ्चमा नै पुगेर आक्रमण गर्दा साउदसहितका सातजना नेता कार्यकर्ता घाइते भएका छन् । महरका अनुसार नेकपासहितबाट एक सय कार्यकर्ता कार्यक्रकाबीच कांग्रेस प्रवेश गरेका थिए । ‘हामीले कार्यक्रम गरिरहेको अवस्थामा केपी ओली समूहले आएर एक्कासी आक्रमण गर्दा एनपी दाइ, सुरेशसिंह विष्टसहितका तीन चार नेता कार्यकर्ता घाइते भएका छन्’ सो कार्यक्रममा सहभागी नेता महरले नेपालवाचसँग भने, ‘उनीहरुको ढुंगामुढा र अवरोधका कारण हाम्रो सभा पनि केही घण्टा बिथोलियो । उनीहरुले पाटन नगपालिकाका मेयरले चढ्ने गाडीसहितमा पनि तोडफोड गरेका छन् ।’ उनीहरुको अवरोधपछि प्रहरी पुगेपछि कांग्रेसले पुनः कार्यक्रम गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष