विनय जंग बस्नेत पक्राउ

काठमाडौं। वेवारिशे लाश जलाएर चर्चा कमाएका विनय जंग बस्नेत गोंगबु बसपार्कबाट पक्राउ परेका छन् । केही समयअघि बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षिया सपना रोका मगरले बस्नेतले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । फरार रहेका बस्नेतलाई गोंगबु बसपार्कबाट पक्राउ गरिएको मगरले फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । फेसबुकमा मगरले लेखेकी छिन्, ‘धेरैजनाको जिज्ञासा थियो म किन बोलीरहेकी छैन भनेर । कानून भन्दा माथि हामी कोही पनि थिएनौं । सम्पूर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि काठमाडौंबाट फेरि फरार हुने क्रममा काठमाडौं बसपार्कदेखि विनय जंग बस्नेतलाई पक्राउ गरिएको छ ।’ उनले अब सबै सत्यतथ्य कानूनअनुसार नै बाहिर आउने जनाएकी छिन् । बस्नेतले केही दिनअघि एक युटुब पत्रकारलाई अन्तर्वार्ता दिँदै रोकाको नांगा फाेटाे र भिडियो सार्वजनिक गर्ने भन्दै अभिव्यक्ति दिएका थिए । लामो समयदेखि संगै वेवारिशे लाश जलाउँदै आएका बस्नेत सपनालाई छोरी भन्दै सम्बोधन गर्थे । पछिल्लो समय उनीहरूबीच मनमुटाव भएपछि सपनाले बस्नेतबाट अलग्गिएर भिन्नै संस्था दर्ता गरेकी छिन् । त्यसयता बस्नेतले उनीविरुद्ध मिडियामा अभद्र टिप्पणी गर्दै आएका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया