NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

भागरथी बलत्कार र हत्या आरोपमा सहपाठी पक्राउ

काठमाडौं । बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाको १३ दिनपछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति भागरथीको सहपाठीसँगै छिमेकी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिले अपराध स्वीकारेका छन् । उनले विद्यालयबाट फर्कंदा भीरबाट लडाएर घाइते बनाएको र त्यसपछि बलात्कार तथा हत्या गरेको बताएका छन् । |घरायसी रिसिबीका कारण यस्तो जघन्य अपराधको बाटो रोजेको पनि उनले बताएको प्रहरीले जनाएको छ । सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीे गत माघ २१ मा सम्पर्कविहीन भएकी थिइन् । त्यसको भोलिपल्ट स्थानीय लवलेक जंगलमा शव भेटिएको थियो।घटनापछि अपराधीलाई कडाभन्दा कडा सजाय दिन माग गर्दै देशव्यापी प्रदर्शन भएका थिए । जसले प्रहरीलाई घटनाका दोषी पत्ता लगाउन दबाब परेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष