सिरहामा थपियो सिमेन्ट उद्योग

सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो। निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए । क्लिङ्कर उत्पादन शुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जनाइएको छ । सो उद्योगबाट ओपिसी, पिपीसी र पिएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ । उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ । सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ ।रासस
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया