अब टेलिकमको सेवा विधिबारे ‘एनटी च्याटबोट’ बाटै जान्न सकिने

काठमाडौं । नेपाल टेलिकमले प्रदान गर्दै आएका विभिन्न सेवाहरू कसरी लिने भन्नेबारे जानकारी अब ‘एनटी च्याटबोट’ बाटै लिन सकिने भएको छ । कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरू तथा सेवा प्रदान गर्ने विधिबारे जान्न कम्पनीको वेबसाइटबाटै च्याटमार्फत् स्वचालित रुपमा जानकारी लिन सकिने भएको हो । कसरी प्रयोग गर्ने ? कम्पनीको वेबसाइट खोल्नेवित्तिकै पहिलो पेजमा एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्छ जहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबोट’ भनेर लेखिएको हुन्छ । त्यससमा क्लिक गरी कम्पनीले प्रदान गर्दै आएका सेवाबारे आफूलाई सजिलो लाग्ने भाषा(अंग्रेजीनेपाली) मा प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ । आफ्ना जिज्ञासासँगै कम्पनीले दिने विभिन्न सेवाहरू जस्तै फोरजी एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेजलगायतका बारेमा पनि जानकारी लिन सकिन्छ । जानकारी लिएसँगै आफूलाई लागेका गुनासो पनि राख्ने व्यवस्था छ । ग्राहकले गरेका गुनासाको सम्बोधन च्याटबोटमार्फत् स्वचालित रुपमा हुन नसकेको खण्डमा सम्बन्धित विभाग पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ । च्याटबोटमात्रै नभएर सेवाग्राहीले कम्पनीको फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राममार्फत् पनि सेवाबारे थप जानकारी लिन सक्छन् । ग्राहकको सूचना सम्प्रेषणकै लागि कम्पनीको ‘नेपाल टेलिकम एप’ पनि सञ्चालनमा छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया