NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

एमीकस क्युरी सदस्यको चेतावनी : प्रतिनिधिसभा विघटन सदर भए कम्पन आउँछ, प्रणाली ध्वस्त हुन्छ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी (अदालतका साथी) का अधिवक्ताले सभा भंगलाई अदालतले सदर गरिदिए प्रणाली नै ध्वस्त हुने र कम्पन आउने चेतावनी दिएका छन् । बुधबार अदालतमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संविधानमा नभएको अधिकार भन्दै प्रधानमन्त्रीले गरेको विघटनलाई अदालतले सदर गरिदिए प्रणाली नै ध्वस्त हुने चेतावनी दिएका हुन् । ‘प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन । होइन यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमान्‌हरुसामू छ ।’ उनले भने । उनले प्रणालीलाई नै ध्वस्त बनाउन मन लागेको छ भने मात्रै विघटनलाई सदर गर्न अदालतलाई भनेका छन् । प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकार संविधानले कहीं पनि नदिएको उनको भनाई थियो ।

ताजा अपडेट

नेपालवाच विशेष