NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

भागरथीको हत्या गरेको दिनेश भट्टले स्वीकारे : प्रहरी

काठमाडौं । नेपाल प्रहरी बैतडीले भागरथी भट्टको हत्या दिनेश भट्टले गरेको जनाएको छ । १७ वर्षीया भट्टको विद्यालयबाट फर्किने क्रममा ११ कक्षामा पढ्दै गरेका दिनेश भट्टले २१ माघमा बलात्कार गरेपछि हत्या गरेको प्रारम्भिक अध्ययनले प्रहरीले बताएको छ । अभियुक्त सार्वजनिक गर्न बाेलाइएकाे पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भट्टको घाँटी थिचेर हत्या गरेको दिनेशले स्वीकारेको जानकारी दिए । लोकेसन ट्रयाक, प्रत्यक्षदर्शीको बयान र अभियुक्त भट्टले समेत उनको हत्या गरेको स्वीकारेको सुवेदीले जानकारी दिए । तर प्रहरीले घटनामा दिनेशकाे संलग्नताबारे धेरै तथ्य सार्वजनिक गरेकाे छैन । संचारकर्मीले पटकपटक अाग्रह गरे पनि विस्तारै थप अनुसन्धानबाट तथ्यहरु सार्जजनिक हुँदै जाने उनले बताए । बलात्कारपछि हत्या हो की हत्यामात्रै हो भन्नेमा प्रहरीले बलात्कार जस्तो देखिएको तर, थप अनुसन्धानबाट निष्कर्षमा पुग्ने पनि बताएको छ । अहिलेसम्म दिनेश मात्रै यो घटनामा संलग्न देखिएको भन्दै प्रहरीले फरेन्सिक ल्याब लगायतका प्रमाणहरुका आधारमा थप तथ्यहरु विस्तारै बाहिर ल्याउने जनाएको छ । प्रहरीका अनुसार अभियुक्त दिनेश भट्ट १६ वर्षका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष