NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

भाजपाको नेपालमा सरकार बनाउने र संगठन विस्तार गर्ने भनाईप्रति प्रचण्ड समूहको आपत्ति

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले भारतीय जनता पार्टी नेपालमा विस्तार गर्ने भनेर भाजपा नेता अमित शाहले दिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । नेपालमा संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नु अत्यन्त संवेदनशील भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत् अभिव्यक्तिबारे प्रष्ट पार्न भाजपा नेताको ध्यानाकर्षण गराएका छन् । त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवदेवले सार्वजनिक कार्यक्रममा भाजपा नेता एवं गृहमन्त्री शाहले भाजपाको संगठन नेपालमा विस्तार गर्ने र नेपाल लगायतका देशमा सरकार गठन गर्ने विषयमा आफूहरुसँग धारणा राखेको सार्वजनिक गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष