कांग्रेसको १४ औं महाधिवेशन कार्यकालको अन्तिम समय ७ देखि १० भदौसम्म गर्न प्रस्ताव

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ । पार्टी संस्थापनले केन्द्रीय समितिको बैठकमा यो मिति प्रस्ताव गरेको हो । तर, यो प्रस्तावित मितिमा नेता रामचन्द्र पौडेल पक्ष सहमत नभएको एक नेताले जानकारी दिए । पौडेल पक्ष फागुनसम्म क्रियाशील सदस्यता सिध्याउने, चैतसम्म स्थानीय तहको अधिवेशन, वैशाखमा प्रदेश तहको अधिवेशन सकाएर जेठभित्र १४ औं महाधिवेशन गनुृपर्ने पक्षमा रहँदै आएको छ । पौडेल समूहका केन्द्रीय सदस्यको बैठकले पनि यही विषयलाई उठाउने तयारी गरेको थियो । नियमित चार वर्षमा पनि महाधिवेशन नभएपछि पार्टीका सबै तहका कार्यसमितिहरुको म्याद एक वर्ष थप गरिएको थियो । थप गरिएको समय पनि अब १५ दिनमात्रै बाँकी छ । अब संविधानले दिएको ६ महिना अर्थात् आगामी भदौसम्म मात्रै कार्यकाल लम्बाउने सुविधा पार्टी संस्थापनलाई छ । सोही अन्तिम समयका लागि मात्रै महाधिवेशन गर्ने गरी केन्द्रीय समितिको बैठकमा संस्थापनले प्रस्ताव गरेको हो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया