NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

छापाबाट : जन्मकैद पाएका २ सय कैदीलाई कैद मिनाहा गरेर छाड्ने तयारी

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूले आज पनि विविध विषय उठाएका छन् । अखबारहरूको सामग्रीमा विविधता भए पनि प्राथमिकतामा भने भागरथी बलात्कार प्रकरण परेको छ । प्रतिनिधिसभा विघटनबारे उपराष्ट्रपति नन्दबहादुर पुनले पहिलोपटक जनाएको प्रतिक्रियालाई पनि पत्रपत्रिकाहरूले महत्त्वका साथ स्थान छन् । साथमा एमीकस क्युरीका सदस्यले दिएको राय त छँदैछ । ‘विडम्बना, जघन्य अपराधमा नाबालक’ शीर्षक दिएर नयाँ पत्रिकाले नाबालकहरूमा बढ्दो आपराधिक मनोवृत्तिबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, अपराधमा संलग्न १८ वर्षमुनिका ७ सय ४४ बालबालिका अहिले सुधारगृहमा छन् । जन्मकैद सजाय भएका २ सय कैदीलाई आधा कैद छुट दिएर छाड्ने तयारी भइरहेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । प्रजातन्त्र दिवसको अवसरमा असल चालचलन भएका कैदीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने कानूनी व्यवस्था छ । यही व्यवस्थाअनुसार, गम्भीर अपराधमा कैद सजाय भोगिरहेकालाई छाड्ने गरी गृह मन्त्रालयले प्रस्ताव अघि बढाएको समाचारमा लेखिएको छ । त्यसरी कैद मिनाहा गर्न लागिएकामा राजस्व छली, सुन तस्करी तथा बैंकिङ कसुरमा जरिवाना नतिर्नेलगायत छन् ।‘प्रहरीले सार्वजनिक गर्यो भागरथी हत्याका आरोपित’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार बनाएको छ । त्यस्तै, लामो मौनता तोड्दै प्रतिनिधिसभा विघटनबारे उपराष्ट्रपतिले गरेको टिप्पणीलाई पनि कान्तिपुरले स्थान दिएको छ । प्रतिनिधिसभा विघटनको २ महिनापछि राष्ट्रपतिले बुधबार कार्यान्वयनको प्रारम्भिक चरणमा नै संविधानमाथि प्रहार गरिएको बताएका थिए । देशलाई भूमरीमा पारेको आरोप लाग्नेगरी परिस्थिति सिर्जना हुनु दुःखद् भएको उनको भनाइ थियो ।गुरु दक्षिणामा घर दिएकोलाई कान्तिपुरले एंकर बनाएको छ । समाचार अनुसार चितवनको खैरहनीस्थित कंकाली माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले शिक्षक पशुपतिलाल कर्णलाई गुरुदक्षिणाको रूपमा घर बनाइदिएका छन् । त्यही घरलाई सरस्वतीका पूजाका दिन विद्यार्थीले औपचारिक रुपमा शिक्षकलाई हस्तान्तरण गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष