NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

भारतमा मन्त्रीमाथि पेट्रोल बम प्रहार, अवस्था गम्भीर

काठमाडौं । भारतको पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम प्रहार भएको छ । उक्त बम विस्फोट हुँदा हुसेन गम्भीर घाइते भएका छन् । कोलकतातर्फ प्रस्थानका लागि मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट रेल चढ्न अघि बढिरहेका हुसेनमाथि पेट्रोल बम प्रहार भएको हो । त्यसबाट गम्भीर घाइते हुसेनको अहिले मुर्सिदावाद मेडिकल कलेजमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बम प्रहार गर्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन । त्यहाँको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । घटनाको अहिले भारतभर निन्दा भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष