NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

अवहेलना मुद्दामा प्रधानमन्त्री ओली सर्वोच्च अदालत जाँदै

काठमाडौं । अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतमा जाने भएका छन् । ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल र तामाशा गर्न गएको भन्दै गरेको टिप्पणीमा अदालतको अवहेलना भएको, कानुन व्यवसायीको मानमर्दन भएको भन्दै ओलीविरुद्ध अवहेलना मुद्दा परेको थियो । आफू विरुद्ध मुद्दा परेपछि ओलीले आफैं उपस्थित भएर लिखित जवाफ बुझाउने तयारी गरेका हुन् । गत ११ माघमा अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकुमार न्यौपानेले ओलीविरुद्ध अवहेलनाको मुद्दा हालेका थिए । सोही रिटमा १५ माघमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ दिन प्रधानमन्त्री ओलीका नाममा आदेश दिएको थियो । तर, आदेशको झण्डै २० दिनपछि ओली अदालतमा उपस्थित हुन लागेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष