NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

सर्वोच्च पुगेर ओलीले भने–अदालतको मान,सम्मान गर्छु, मर्यादा राख्छु [जवाफको पूर्णपाठ]

काठमाडौं । आफू विरुद्ध परेको अवहेलनाको मुद्दामा प्रधानमन्त्री केपी ओलीले आफैं उपस्थित भएर लिखित जवाफ बुझाएका छन् । आफूविरुद्ध अवहेलनाको मुद्दा परेपछि ओली बिहीबार आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले दिए । ‘प्रधानमन्त्रीजीले लिखित जवाफ मात्रै पनि पठाउन सक्नुहुन्थ्यो तर, आफैं उपस्थित भएर अदालतप्रति आफ्नो मान सम्मान, मर्यादा देखाउनुभएको छ’ थापाले भने, ‘अदालतमै उपस्थित भएर प्रधानमन्त्रीले लिखित जवाफ बुझाउनु भएको हो ।’ ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल र तामाशा गर्न गएको भन्दै गरेको टिप्पणीमा अदालतको अवहेलना भएको, कानुन व्यवसायीको मानमर्दन भएको भन्दै ओलीविरुद्ध अवहेलना मुद्दा परेको थियो । गत ११ माघमा अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकुमार न्यौपानेले ओलीविरुद्ध अवहेलनाको मुद्दा हालेका थिए । सोही रिटमा १५ माघमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ दिन प्रधानमन्त्री ओलीका नाममा आदेश दिएको थियो । तर, आदेशको झण्डै २० दिनपछि ओली अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका हुन् । प्रधानमन्त्रीकाे लिखित जवाफ यस्ताे छ ।

ताजा अपडेट

नेपालवाच विशेष