NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

इन्धनमा एक हप्तामा दुई पटक मूल्यवृद्धि भएपछि विरोधमा अनेरास्ववियुको प्रदर्शन [फोटोफिचर]

काठमाडौं । एक हप्तामा नै सरकारले दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि अनेरास्ववियुले विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ । बिहानमात्रै काठमाडौंसहितका देशभरका क्याम्पसमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको प्रचण्ड–माधव नेपाल समूहको अनेरास्ववियुले दिउसो काठमाडौंको बबरमहलस्थत कार्यालय परिसरमा धर्ना र विरोध प्रदर्शन गरेको हो । उनीहरुले प्रतिगामी सरकारले एक हप्तामा नै दुईपटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । विरोधमा रञ्जित तामाङ, सुरेन्द्र बस्नेतसहितका सयौं कार्यकर्ता सहभागी थिए ।

ताजा अपडेट

नेपालवाच विशेष