‘पोर्न फिल्म’लाई किन ‘ब्लू फिल्म’ भनिन्छ ?

नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश लगायतका प्रायः देशहरुमा ‘पोर्न फिल्म’लाई ‘ब्लू फिल्म’ पनि भनिन्छ । तर, ‘ब्लू फिल्म’ शब्दावलीले न यी फिल्महरुलाई परिभाषित गर्छन्, न कुनै रुपमा योसँग सम्बन्धित नै देखिन्छन् । यस्तोमा स्वभाविक रुपमा पोर्न फिल्मलाई किन ब्लू फिल्म भनिन्छ भन्ने प्रश्न उठछ । अन्य विषयमा यस्तै प्रश्न उठ्दा दिइने जवाफ जस्तै यो विषयमा पनि सबैभन्दा पहिले बनाइएको पोर्न फिल्मको नाम ‘ब्लू’ भएकाले त्यसपछि बनेका सबै पोर्न फिल्महरुलाई ब्लू फिल्म भन्ने गरेको बताइन्छ । तर, देशविदेश कतै पनि पोर्न इन्डस्ट्रीमा ‘ब्लू’ शीर्षकको कुनै पनि पोर्न फिल्म बनेको वा त्यसको चर्चा भएको पाइदैन । पोर्न फिल्मलाई ब्लू फिल्म नाम दिनुको पहिलो कारण यी फिल्महरुको पोष्टर ‘ब्लू’ अर्थात आकाशे निलो ब्याकग्राउण्डको साथ हुने बताइन्छ । यदि वास्तविकता नै यस्तो हो भने अर्को प्रश्न पनि उठछ– किन ब्याकग्राउण्डमा यही रङको प्रयोग गरियो ?यसको जवाफ सिनेमाका पोष्टरहरुको बीचमा निलो रङको पोष्टर सजिलै देखिने भएकाले यसलाई प्रयोग गरेको बताइन्छ । तर, यो तर्कलाई सही मान्न सकिदैंन । विज्ञानका अनुसार सबैभन्दा बढी ध्यान तान्ने रङ रातो रङ हो । पोर्न फिल्मको पोष्टरमा निको रङको प्रयोग गर्नुको अर्को कारण यो रङमा अन्य रङहरुको प्रयोग अत्याधिक गर्न मिल्ने र ती प्रयोगहरु खुल्ने भएको पनि बताइन्छ । अब अर्को कारणमा जाउ । फिल्महरुलाई विभिन्न विधामा गरिने वर्गीकरण पनि पोर्न फिल्महरुलाई ब्लू फिल्म बताइनुको कारण हुनसक्छ । भनिन्छ, एक समय सबै बी ग्रेड फिल्महरुको प्याकिङ निलो रङको खोलमा गरिन्थ्यो । पोर्न फिल्म पनि यही श्रेणीमा पर्थे । जसकारण यसलाई पनि निलै रङको खोलमा प्याक गरिन्थ्त्यो । हुन त बी ग्रेड सिनेमामा प्रायः कम बजेटका सिनेमाहरु आउँछन् । यी सिनेमा र पोर्न फिल्महरुमा आकाश–जमिनको फरक छ । बी ग्रेड सिनेमामा अभिनय र फिल्मांकनको स्तर राम्रो हुँदैन । फिल्मको इतिहास र परम्परामा ध्यान दिने हो भने बीसँगै सि, डी र ई ग्रेडका सिनेमा पनि बन्छन् । तर, यी कुनै पनि सिनेमामा पोर्नोग्राफी देखाइएको हुँदैन । तर, चर्चामा रहेको विश्लेषणलाई ध्यान दिने हो भने बी ग्रेडका सिनेमालाई प्याक गर्ने निलो रङको खोलमा नै राखेर पोर्न फिल्मका क्यासेटहरुलाई पनि सिडी पसलहरुसमम्म पुर्याइने गरेको भनिन्छ । जसकारण कालान्तरमा यही प्रक्रियाबाट पोर्न फिल्महरु बजारमा पुग्ने गरेको र दक्षीण एसियाली देशहरुमा यसलाई ‘ब्लू फिल्म’ अर्थान निलो सिनेमाको नामले चिन्न थालिएको मानिन्छ । पोर्न फिल्मलाई ब्लू फिल्म भन्नुको अर्को कारण परिस्थिति पनि हुनसक्छ । यी सिनेमाहरु सुरुवातमा निकै कम बजेट र लुकेर बनाइन्थ्यो । त्यो बेला यी फिल्महरुको पिक्चराइजेशनदेखि फिल्मांकन र स्तर पनि राम्रो थिएन् । टेलिभिजन र दृश्य प्रणालीमा रंगिन रिलहरुको परिचय भएपछि पनि पोर्न फिल्म भने ब्ल्याक एण्ड वाइट नै बनाइन्थ्यो । कारण ब्ल्याक एण्ड ह्वाइट रिल सस्तो पथ्र्यो । भनिन्छ पोर्न फिल्म बनाउने निर्माताहरुमाथि पनि कालान्तरमा यसलाई रंगिन बनाउनुपर्ने दबाब आयो । पर्याप्त बजेट नहुँदा उनीहरुले ब्ल्याक एण्ड ह्वाइट रिलमाथि नै प्रयोग गरेर त्यसलाई रंगिन बनाउने कोशिश गरे । यो प्रयासपछि पोर्न फिल्महरु ब्ल्याक एण्ड ह्वाइटसँगै निलो पनि देखिन थाल्यो । एउटा सस्तो र कामचलाउ उपायलाई अपनाएर पोर्न फिल्मका निर्माताहरुले कालो र सादा मात्रै रहेको पोर्न फिल्महरुमा निलो रङलाई पनि प्रवेश गराए । यही कारण पनि पोर्न फिल्महरुलाई ‘ब्लू फिल्म’ भन्न थालिएको मानिन्छ । यो कारण एक हिसाबले तार्किक पनि छ । योसँगै मिल्ने अर्को कारण यी फिल्महरमा निलो रङको स्पोट लाइटको प्रयोग गरिने पनि हुनसक्छ । जसकारण यिनीहरुलाई ब्लू फिल्म भन्न थालिएको मानिन्छ । ब्लू फिल्म नाम राखिनुको सबैभन्दा तार्किक कारण ‘ब्लू ल’ अर्थान ब्लू कानूनसँग मिल्छ । करिब एक शताब्दी पहिले ब्लू कानुन एक धार्मिक कानून थियो । चर्चको आदेशमा आइतबारको दिन केही विशेष गतिविधिमाथि बन्देज लगाइएको थियो । व्यापार, नाचगान वा कुनै काम जुन प्रत्यक्ष रुमपा ईश्वर वा चर्चसँग जोडिन्थ्यो, ती कामहरु यो बन्देजमा परेका थिए । आइतबार मदिरा र अन्य नशाजन्य चीजको व्यापार बन्द हुन्थ्यो । त्यो बेला जब भारतमा अंग्रेज शासन थियो, भारतका शहरी र उच्च वर्गका मानिसहरु यो ब्लू कानूनसँग परिचित थिए । यही नियमको कारण बन्देज लगाइएका कामहरुलाई ब्लू एक्टिविटी भनिन्थ्यो । पोर्नेग्राफी पनि समाजमा बर्जित मानिन्थ्यो (अहिले पनि यो विचारमा धेरै फरकपन आएको छैन) । ब्लू लको विरुद्धमा रहेको पोर्नेग्राफीलाई नै ब्लू फिल्म भन्न थालिएको मानिन्छ । समयसँगै ब्लू लको अस्तित्व सकिएको छ । तर, पोर्न फिल्महरुलाई ब्लू फिल्म भन्ने चलन भने अहिले पनि जस्ताको त्यस्तै छ । –सत्याग्रहबाट
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया