NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

विश्वभरका टी–२० लिग खेलेका सन्दीप लामिछाने भारतको आइपिएलमा बिकेनन्

काठमाडौं । लगातार तीन वर्ष दिल्ली क्यापिटल्सबाट आइपिएलमा आवद्ध सन्दीप लामिछाने यसपटक आइपिएलमा बिकेनन् । बिहीबार भएको आइपिएल अक्सनमा सन्दीपलाई कुनै पनि क्लबले बोली नलगाएका हुन् । उनको बेस प्राइस ४० लाख भारु थियो । पछिल्ला तीन मध्ये अन्तिमबाहेकका अघिल्ला दुई वर्ष सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका थिए । अहिले कुनै पनि टिमले नलिए पनि अन्तिम समयमा कुनै टोलीले आग्रह गरे भने उनी पुनः अक्सनमा आउन सक्छन् । सन्दीप सन् २०१८ मा ३२ लाख रुपैयाँमा दिल्लीमा अनुबन्ध भएका थिए । लगातार दुई सिजन खेल्दा उनले ९ खेलमा अवसर पाए । जसमा १३ विकेट लिएका थिए । २०२० मा भने दिल्लीले सन्दीपलाई कुनै पनि खेलमा मौका दिएको थिएन । दिल्लीले रिलिज गरेपछि सन्दीपलाई पंजाबले लिन सक्ने चर्चा गरिएको थियो । तर, १४ औं संस्करणमा कुनै पनि क्लबले उनलाई बोली लगाएनन् । २०१८ दिल्लीले आइपिएलमा लिएपछि सन्दीपको विश्वभरका टी–२० मा खेल्ने ढोका खुलेको थियो । सन्दीपले अष्ट्रेलिया, क्यानडा, पाकिस्तान, बंगलादेश, युएईसहितका देशमा लिग खेलिसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष