जुलुस निकाल्न हामीसँग पैसा छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले जुलुस निकाल्नको लागि कांग्रेससँग पैसा नभएको बताएका छन् । पोखरामा भउको नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेश सम्मेलनमा सभापति देउवाले कांग्रेससँग खर्च गरेर जुलुस निकाल्ने पैसा नभएको बताएका हुन् । ‘जुलुस निकाल्नको लागि हामी (कांग्रेस) सँग पैसा पनि छैन । ठाउँठाउँबाट जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, जुलुस त की प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको होला । कांग्रेसको त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो र ?’ पार्टीभित्र प्रतिनिधिसभा विघटनपछि नियमित आन्दोलन गर्नुपर्ने विषय उठेपछि देउवाले सधैं जुलुस र विरोध प्रदर्शन गर्न पार्टीसँग पैसा नै नभएको बताएका हुन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया