NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

किन बटुल्दैछ छ प्रचण्ड समूहले केन्द्रीय सदस्यको नागरिकता ?

काठमाडौं । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा यतिखेर सबैभन्दा धेरै तनावमा छ । नेकपा नाम चुनाव चिन्ह सूर्यमा नेकपाका दुवै समूह प्रचण्ड र ओलीसमूहको दाबी रहेपछि यो विवाद झन् पछि झन् चर्केर जाने देखिएको छ । दुवै दलले निर्वाचन आयोगमा पटकपटक आफूहरु आधिकारिक रहेको दाबी गर्दै निवेदन पेश गर्दै आएका छन् । यसमा पनि बहुमत बढी केन्द्रीय सदस्यको पकड रहेको प्रचण्ड समूहले नियमित दाबी गरे पनि आयोगले सो समूहलाई आधिकारिक मान्न आनाकानी गरेको छ । यसले सो समूहलाई निक्कै चिन्ता थपिदिएको छ । ६२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य रहेको भन्दै यो समूहले पटकपटक आयोगलाई आधिकारिकता आफूहरुलाई दिन आग्रह गरे पनि आयोगले अहिलेसम्म एउटा नेकपाभन्दा अरुलाई नचिन्ने बताउँदै आएको छ । यसले सबैभन्दा आक्रोशित प्रचण्ड समूहलाई नै बनाएको छ । ६२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरुले दाबी गर्दा पनि आफूहरुको कुरा नसुनेको भन्दै यो समूहका अध्यक्ष प्रचण्डले २८ माघमा भएको सभाबाट आयोगलाई खुट्टा नकमाउन चुनौती दिएका थिए । जालझेल र प्रभावमा नफस्न भन्दै उनले आयोगलाई कानून, विधान र नेकपाको बदलिंदो परिस्थिति अनुसार निर्णय गर्न आयोगलाई भनेका थिए । तर, आयोगले अहिलेसम्म कसलाई आधिकारिकता दिने भन्ने निर्णय गरिसकेको छैन । यसैबीच आयोगलाई थप दबाब बढाउन प्रचण्ड समूहले केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाने तयारी गरेको छ । यसका लागि उसले नागरिकताको प्रमाणपत्र र पार्टीले दिएको परिचयपत्रसहित केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडा बोलाएको हो । बिहीबार नै सो समूहले केन्द्रीय सदस्यहरुलाई यसरी नागरिकता र परिचयपत्र लिएर आउन सूचना पठाएको थियो । आफ्नो पक्षका सबैले बुझाएपछि आयोगमा नागरिकता र परिचयपत्र बुझाउने तयारीमा प्रचण्ड–नेपाल समूह छ ।

ताजा अपडेट

नेपालवाच विशेष