मंगल ग्रहमा नासाको अन्तरिक्षयानको सफल अवतरण

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ‘पर्सिभरन्स रोभर’लाई सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । पृथ्वीबाट २९३ मिलियन माइलको यात्रा पार गरेर पुगेको उक्त रोभरले मंगलग्रहको भूमध्यरेखा नजिक रहेको जेजेरो क्रेटरमा आज आठ बजेर ५५(जिएमटी) मा अवतरण गरेको हो । करिब २९३ मिलियन माइलको यात्रा तय गर्दै उक्त रोभर विगत ६ महिना अघि पृथ्वीबाट निस्किएको थियो । अवतरणबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । बाइडेनले लेखेका छन्, ‘नासा र सबैको मिहेनतले यो एतिहासिक अवतरण सफल भएकोमा सबैमा बधाई । विज्ञान र अमेरिकी चातुर्यको शक्तिअघि केही पनि सम्भावना भन्दा बाहिर छैन भन्ने आज पनि प्रामाणित भएको छ ।’ अब अर्को दुई वर्षसम्म जेजेरोमा पहिलाको जीवनको प्रमाण खोज्न त्यहाँका स्थानीय चट्टान फोड्नमा समय खर्चिने जनाइएको छ । अर्बौ वर्ष पहिला जेजेरो एउटा विशाल ताल भएको अनुमान गरिएको छ । पानी भएको ठाउँमा जीवन पनि हुन सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया