शुक्रबार निधन भएका कांग्रेस नेता दाहालको अन्तेष्टि हुँदै

काठमाडौं । शुक्रबार बिहान निधन भएका कांग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको दिउसो तीन बजे अन्तेष्टि हुने भएको छ । उपचारको क्रममा शुक्रबार बिहान ९ः४५ बजे काठमाडौंको ओम अस्पताल उनको निधन भएको थियो । दाहालको जन्म वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा भएको थियो । २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसको तर्फबाट उम्मेदवार भएका थिए । स्वर्गीय दाहालले नेपाली कांग्रेसद्वारा संचालित २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका छन् । स्वर्गीय दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएका थिए । स्वर्गीय दाहालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । स्वर्गीय दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाहालकाे निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको भूमिकाको स्मरण गर्दै उहाँको आत्माको चिर शान्तिको कामनाका साथ उहाँका शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया