गणतन्त्रको नेतृत्व गणतन्त्र विरोधीले गरेपछि समस्या आयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् । नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन् । ‘पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो । केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ’ नेता पौडेलले भने, “बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।’ उनले कांग्रेस सविधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टिकरण दिँदै प्रतिनिधि सभा विघटनका विषयमा कांग्रेस कतै पनि नअल्झिएको जिकिर गरे । नेता पौडेलले कांग्रेसले सर्वोच्च अदालततको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई कांग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे । ‘म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिन्द्धान्तलाई कांग्रेसले मान्दछ । अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम कांग्रेसले गरेको हो । त्यसैले कांग्रेसको मात्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्’ उनले भने । नेता पौडेलले अदालतले सविधानको धाराभित्र बसेर फैसला गर्ने भन्दै प्रतिनिधि सभा पुनःस्थापना भएपछि सरकारको असंवैधानिक कदम सच्चिने पनि बताए । ‘अदालतले पनि संविधानको धाराभित्र बसेर निर्णय गर्ने हो । अदालतले संविधान संशोधन गर्न मिल्दैन’ पौडेलले भने, ‘अदालतले संविधानभित्रै शब्दलाई प्रयोग गरेर निर्णय गर्ने हो । त्यसकारण यो असंवैधानिक कदम संसद् पुनःस्थापना पछि सच्चिने छ ।’ उनले गणतन्त्र विरोधीले गणतन्त्रको नेतृत्व गरेका कारण मुलुक संकटमा फसेको पनि टिप्पणी गरे । ‘गणतन्त्रको नेतृत्व गणतन्त्र विरोधीले गरेपछि फस्टाउने कुरै भएन’ नेता पौडेलले भने, ‘यो भनेको बाँदरलाई मकैबारी हेर्न लगाउनु जस्तो हो ।’
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया