NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

राष्ट्रपतिले किन गरिन् प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त ?

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । परियारलाई मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिस अनुसार भनेर पदमुक्त गरिएको जनाएको छ । तर, यसमा कारण खुलाइएको छैन । परियार तत्कालीन माओवादीका नेता थिए । उनले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा बाँकेबाट चुनाव जितेका थिए । परियार माओवादी, वैद्य समूह र विप्लव हुँदै पुनः माओवादीमा फर्किएका थिए । यस्तो छ संविधानको धारा १६५ मा प्रदेश प्रमुख पदमुक्त हुने प्रावधान याे पनि पढ्नुस् प्रदेश प्रमुखबाट हटाइएका परियार भन्छन् : संसद् विघटनपछि प्रदेशमा पनि कू भयो

ताजा अपडेट

नेपालवाच विशेष