NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रदेश प्रमुखबाट हटाइएका परियार भन्छन् : संसद् विघटनपछि प्रदेशमा पनि कू भयो

५ पुसमा सरकारले प्रतिनिधिसभा विघटन गरेपछि केन्द्रको राजनीतिक घटनाक्रम उतारचढावपूर्ण अघि बढिरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचारधीन मात्रै छैन, दिनदिनै विरोधमा सडक प्रदर्शन हुँदै आएको छ । केन्द्रमा विघटन भएजस्तै प्रदेशका सरकार र सभा नै विघटन हुनेसम्मका चर्चाबीच प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार हटाइएका छन् । प्रतिनिधिसभा विघटनको दुई महिना बितेपछि केन्द्रबाट प्रदेशतिर सत्ताको नजर परेको छ ।यसै अभ्यास स्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । परियारलाई मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिस अनुसार भनेर पदमुक्त गरिएको जनाएको छ । तर, यसमा कारण खुलाइएको छैन । परियार तत्कालीन माओवादीका नेता थिए । उनले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा बाँकेबाट चुनाव जितेका थिए । परियार माओवादी, वैद्य समूह र विप्लव हुँदै पुनः माओवादीमा फर्किएका थिए । उनै परियारसँग नेपालवाचका लागि रमेश सापकोटाले कुराकानी प्रदेश प्रमुखमा तपाईंलाई हटाइदैछ भन्ने केही छनक पहिले नै थियो ? मलाई केही जानकारी थिएन । पहिले कुनै जानकारी गराइएको थिएन । प्रदेश प्रमुखबाट हटाइएको जानकारी कतिखेर कहाँ पाउनुभयो ? म जनकपुरस्थित कार्यालयमैं भएको बेला अकस्मात पदमुक्त भएकाे पत्र पाएँ । पत्रमा प्रदेश प्रमुखबाट किन हटाइएको भनेर केही उल्लेख गरिएको छ ? मलाई भर्खरै पत्र प्राप्त भयो । पत्रमा मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को १ अनुसार तपाईं प्रदेश प्रमुखबाट पदमुक्त गरिएको विषय उल्लेख छ । हालसम्म पदमा रही गर्नुभएको सहयोगका लागि धन्यवाद पनि भनिएको छ । तर, अरु के कारणले हटाइएको भनेर उल्लेख छैन । अकस्मात प्रदेश प्रमुखबाट हटाइनुलाई कसरी लिनुभएको छ ? प्रधानमन्त्री केपी ओलीले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभएको छ । प्रदेश प्रमुखलाई यसरी हटाइनु पनि संसद विघटनको प्रतिछायाँ हो । हामी प्रदेशमा पनि सिकार भएका छौं । यसले के देखाउँछ भने अब सरकारले प्रदेशमा पनि कूको प्रक्रिया अघि बढाएको छ । पछिल्लो घटनाक्रमबारे तपाईं पहिले आवद्ध भएको पार्टीलाई कुनै जानकारी गराउनुभएको छ ? भर्खरको घटनाक्रम भएकोले पार्टीका नेतासँग कुनै संवाद भइसकेको छैन । हटाइएको पत्र आएपछि कार्यालय नै बस्नुभयो फर्किनुभयो ? पत्र कार्यालयमा नै प्राप्त गरेपछि निवास आएको छु । भोलि यहाँबाट हिड्छु । काठमाडौं आएर नेताहरुसँग भेट्छु ।

ताजा अपडेट

नेपालवाच विशेष