NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

राष्ट्रपति भण्डारीविरुद्ध पूर्व राष्ट्रपति यादवको आक्रोश

काठमाडौं । नेपालका पहिलो एवं पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको रक्षा नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनतर्फ संकेत गर्दै पूर्व राष्ट्रपति डा. यादवले यस्तो बताएका हुन् । जनकपुरमा कांग्रेस नेता शोभाकर पराजुलीले लेखेको समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको लोकर्पण कार्यक्रममा यादवले संविधानको रक्षा गर्नुपर्ने राष्ट्रपति नै चुकेको बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको रक्षा ननभएको भन्दै उनले गुनासो गरे । ‘राष्ट्रपतिले संविधानको पालना गर्नुपथ्र्यो, तर, गर्नुभएन । संविधानको रक्षा गर्नुभएन ।’ डा. यादवले भने ।प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको लागि सिफारिस भए पनि राष्ट्रपतिले त्यस्तो कदमलाई रोक्नुपर्ने यादवको भनाई थियो । सिफारिस भएर आए पनि राष्ट्रपतिलले दलभित्रको विवादलाई देखाएर त्यसलाई रोक्नुपर्ने उनले बताए । ‘राष्ट्रपतिले तपाईं आफ्नो दलभित्रको विवाद समाधान गर्नुस् र, समाधान भएन भने सदनमा जानुस् । अरु दलसँग पनि सहमति लिनुस् । अरु दलले साथ दिन्छ भने सरकार चलाउनुस् नभएमा अविश्वासको प्रस्ताव फेस गर्नुस् र संविधानको प्रक्रिया अनुसार जानुस् भनेर भन्नुपर्थ्यो’ डा. यादवले भने कार्यक्रममा भने । राष्ट्रपति भइसकेपछि कुनै दलको सदस्य नहुने भन्दै यादवले आफ्नो प्रसंग पनि सुनाए । ‘उहाँ (राष्ट्रपति)त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राजीनामा बुझाएको थिएँ’ राष्ट्रपतिमाथि व्यंग्यको शैलीमा यादवले भने, ‘उहाँले पनि मैंले जसरी राजीनामा दिनुभएको छ भनेर म आशा गर्छु ।’ हुुँदाछँदाको संसद मासेर चुनाव घोषणा गरिएकोमा पनि यादवले रोष प्रकट गरे। ‘निर्वाचन गराउने नाममा संविधानलाई नै भुटेर खाने कि संविधानलाई बचाउने हो ?’ यादवले प्रश्न गरे, ‘भोलि प्रतिनिधिसभा पुनर्स्थापना भएन भने देश कुन बाटोमा जाला ? यो विद्धानहरुलाई सोधुँला, त्यो म अहिले भन्न सक्दिनँ ।’ लोकतान्त्रिक विधि र प्रक्रियालाई कसैले पनि मिच्न नहुनेमा यादवले जोड दिए ।

ताजा अपडेट

नेपालवाच विशेष