पाइलटहरुको न्यूनतम हवाइ उडानसम्बन्धी भत्ता कटौतीप्रति संघको आपत्ति

काठमाडौं । नेपालवायु सेवा निगमको कर्मचारी संघले चिनियाँ जहाजसँग सम्बन्धित स्थायी पाइलटकाे न्यूनतम हवाई उडानवापत दिनुपर्ने रकम कटौती गरेको प्रति आपत्ति जनाएको छ । निगमको गत २५ माघको संञ्चालन समिति बैठकले चिनिया बिमान उडाउन बन्द गरेको असार १६ को मितिबाट यताको सेवा सुविधा तथा भत्ता कटौती गरी असुलउपर गर्ने निर्णय गरेको थियो । निगमकाे कर्मचारी सेवा शर्त सम्बन्धी नियमवाली २०५० अन्तर्गत उडानसम्बन्धी बुँदा नं ११ मा न्युनतम उडान अवधीकाे सेवा सुविधासम्बन्धी यसबारे स्पष्ट व्यवस्था भएपनि यसकाे उलङ्घन गरिएकाे संघले जनाएकाे छ। जारी विज्ञप्तिमा संघले चिनियाँ जहाजकाे उचित व्यवस्थापन नगरी उडानसंग सम्बन्धित पाइलटकाे सुविधा कटाैती गरेकाेप्रति आपत्ति जनाएकाे हाे । सो निर्णयबाट अप्रेसन विभाग अन्तर्गत १५ जना पाइलटहरु ठूलो अन्यायमा परेको संघले जनाएको छ । गत १६ साउनबाट निगमले ६ थान चिनियाँ जाहज नउडाउने घोषणा गरेसँगै ती जहाजमा कार्यरत पाइलट भूमिकाविहीन भएका छन् । भूमिकाविहीन भएका ती पाइलटहरुको उचित व्यवस्थापन, सुविधा र वृद्धिविकास सम्बन्धी कुनै किसिमको ध्यान नदिई उनीहरुलाई सेवाबाट नै विस्थापित गराउने प्रपञ्च रचेको शंका उत्पन्न भएको संघले जनाएको छ । ती पाइलटहरुको व्यवस्थापन नहुँदा निकट भविष्यमा संस्थाका लागि बिमान चालकहरुको अभाव हुने संघले जनाएको छ । जसकारण पाइलटहरुलाई आवश्यक तालिम प्रदान गरि उचित व्यवस्थापन गर्न संघको माग छ । योसँगै निगमको अपरेसन विभागमा कार्यरत उपनिर्देशक तहका कर्मचारीलाई राजनीतिक प्रतिशोधको भावना राखी अनावश्यक रुपमा दरबन्दीमा कर्मचारी हुँदाहुँदै अनुभवि कर्मचारीलाई सजाय दिने हेतुले सरुवा गरिएको निर्णय प्रति पनि संघले आपत्ती जनाएको छ । संघले कराेडाैं घाटा बेहाेरिरहेका चिनियाँ जहाजकाे उचित व्यवस्थापन गर्न पनि माग गरेकाे छ । निगमले ती जहाजबाट साढे दुई अर्ब घाटा भएकाे भन्दै नउडाउने घाेषणा गरेकाे थियाे । उडानयाेग्य म्याद प्रशस्त हुँदा पनि ती जहाज यतिबेला साताकाे १५ दिनमा स्टार्ट गर्ने र गुडाउनेमै सिमित छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया