भुपेन्द्रजंग शाहीको स्वास्थ्यमा राम्रो सुधार, आइसियुबाट क्याविनमा सार्ने तयारी

काठमाडौं । हर्टएट्याक भई महाराजगञ्जस्थित मनमोहन अस्पतालमा उपचाररत कांग्रेस नेता एवं तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको स्वास्थ्यमा राम्रो सुधार आएको छ । केही दिन अघि हृदयघात भएपछि उनलाई राती नै अस्पताल लगेर अप्रेसन गरिएको थियो । तत्काल अस्पताल लगेर अप्रेसन गर्दा जोखिम कम भएको भन्दै शाहीकी श्रीमती शान्तिले त्यसपछि स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिइन् । ‘उहाँलाई पहिले त्यस्तो केही समस्या थिएन । युरिक एसिडचाँहि थियो । एक हप्ता अघि छातीको देब्रे भाग सामान्य दुखेपछि घरमैं मालिस गरेर बस्नुभएको थियो’ शान्तिले नेपालवाचसँग भनिन्, ‘तर, एक हप्तामा नै मुटुमा समस्या आयो । हर्टअट्याक भएको तीन घण्टाभित्र अप्रेसन नभएको गर्न सम्भव भएकोले जोखिम भएन ।’ अप्रेसनपछि स्वास्थ्यमा राम्रो सुधार आएको भन्दै उनले अब आइसियुबाट क्याविनमा सार्ने तयारी भएको जानकारी दिइन् । उपचारमा संलग्न चिकित्सकले अब खतराबाट अवस्था नर्मल भइसकेको जानकारी दिएको पनि उनले बताइन् । स्वास्थ्यमा सुधार आएपछि शाहीले भिजिटरसँग भेटघाट पनि गर्न थालेका छन् । डा. चन्द्रमणि पौडेलको टिम शाहीको उपचारमा खटिएको छ । शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई भेट गरेका छन् । शाहीलाई भेट्न नेता रामचन्द्र पौडेल, डा. रामशरण महतसहितका नेताहरु अस्पताल पुगेका थिए । शाहीलाई २ फागुनको राती हृदयघात भएको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया