चितवनमा क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरको २० लाख सहयोग

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताए । उनले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गरे । फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि बताए । प्रदेश सरकारले बनायो प्रहरी चौकी चितवनको रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा वाग्मती प्रदेश सरकारले प्रहरी चौकी निर्माण गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट गत आर्थिक वर्ष २०७६७७ मा विनियोजन गरिएको बजेटले सुविधायुक्त प्रहरी चौकी निर्माण गरिएको हो । निर्माण सम्पन्न भइसके पनि कोरोना भाइरस भाइरस सङ्क्रमणका कारण चौकीको भवन उद्घाटन गरिएको थिएन । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक विमला श्रेष्ठका अनुसार चौकी निर्माणमा कूल रु एक करोड ६२ लाख ५० हजार खर्च भएको छ । चौकीमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालयसहित हिरासत कक्षसमेत रहेका छन् । सो नवनिर्मित भवनका एक कार्यक्रमका बीच वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले उद्घाटन गरे ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया