सामाजिक अभियन्ताको गैरकानूनी धन्दाः संकलित रकमको पारदर्शितामा प्रश्न गर्दा अश्लील धम्की

नेपालवाचले आफूलाई सामाजिक अभियन्ता घोषणा गरेकी ज्वाला संग्रौलालाई उनले हालसम्म चलाएका अभियान र संकलित रकमको पारदर्शिताबारे प्रश्न गरेको थियो । तर, संग्रौला र आफूलाई हिमाल उपाध्याय बताउनेले नेपालवाच प्रतिनिधिहरुलाई नै उल्टै धम्की दिएका छन् । काठमाडाैं । आफूलाई सामाजिक अभियन्ता बताउनेहरुको बिगबिगी छ यसबेला । श्रम पोख्न विदेश पुगेका बेला परिवन्दमा परेर जेलमा थुनिएका, आफ्नै देशभित्र आर्थिक अभाव, सामाजिक विभेदमा परेर बहिष्करणको दैनिकी भोगिरहेका पात्रहरुलाई न्याय दिलाउने नाममा सामाजिक सञ्जालमार्फत रकम उठाउन ठूलै समुह सक्रिय छ । सामाजिक अभियन्ताका नाममा करोडौं रकम उठाएर त्यसको हिसावकिताव सार्वजनिक नगर्ने, गोलमाल बनाउने पात्रहरुमाथि नेपालवाचले समाचार पस्किरहेको छ । यही मेसोमा नेपालवाचले चितवनका ‘बिनोद रानाभाट बचाउ अभियान’ मा संलग्न ज्वाला संग्रौलालाई केही दिनदेखि निरन्तर फोन संवादको प्रयास गरिरहेको थियो । तर, रानाभाट बचाउ अभियानमा संलग्न भएर मोटो रकम उठाएकी संग्रौलाले फोन उठाएकी थिइनन । पछिल्लो पटक ६ फागुन बिहान १०ः ४७ मा आफूलाई सामाजिक अभियन्ता दावी गर्ने संग्रौलासँग नेपालवाचको सम्पर्क भयो । तर, उक्त फोन सम्पर्कमा ७ सेकेन्डभन्दा बढि संवाद हुन सकेन् । सञ्चार माध्यमको जानकारी दिएर विषयवस्तुमा प्रवेश गर्नुअगावै उनले फोन काटिन् । त्यसको करिव एक घण्टापछि दिउँसो ११ः ४२ मा पुनः सम्पर्क गर्दा हिमाल उपाध्याय नाम बताउने पात्रले फोन उठाए । उनलाई संग्रौलासँग संवाद गर्नुपर्ने बताउँदा पछि सम्पर्क गर्न सुझाएका थिए ।उनले भनेका थिए, ‘११ः ४२ भयो । पाँच मिनेटपछि फोन गर्नुस न है ।’ मध्यान्ह १२: ०१ मा उनलाई सम्पर्क गर्दा पनि हिमाल उपाध्यायले नै फोन उठाए । उपाध्यायले संग्रौला फोनमा व्यस्त भएकाले फेरि पाँच मिनेटपछि सम्पर्क गर्न सुझाएका थिए । उपाध्यायलाई संग्रौलासँगको निकटता सोधिएको थियो । तर, उनले आफ्नो परिचय नदिई फोन काटिदिए । उपाध्यायले सुझाए अनुसार पाँच मिनेटपछि सम्पर्क गर्दा ज्वाला संग्रौलासँग सम्पर्क भयो । संग्रौलाले उठाएको पैसा र चालेका अभियानका बारेमा नेपालवाच प्रतिनिधिले जानकारी मागेको थियो । बिनोद रानाभाटको लागि चालिएको अभियान र त्यसबाट संकलित रकम, त्यो रकमको दुरुपयोगबारे नेपालवाचले उनलाई सोधेको थियो, ‘यसरी पैसा उठाउनु ठिक हो वा होइन् ?’ ज्वालाले प्रतिप्रश्न गर्दै संस्थाको नाम र अन्य जानकारी सोधिन् । उनले भनिन्, ‘तपाईंलाई के कुरा जान्न मन लाग्यो ? बिनोद रानाभाटको अभियान वा त्यो पैसाको बारेमा जान्न मन लाग्यो कि ? मैले चलाएका अन्य अभियानको बारेमा जान्न मन लाग्यो कि ?’ बिनोद रानाभाटको लागि संकलन गरिएको रकम पछि अन्य सामान्य बिरामी र आफैं अभियन्ता रहेका व्यक्तिको बुबासम्मलाई दिइएको बारेमा नेपालवाचले उनीसँग जिज्ञाशा राख्यो । तर, उनले उक्त रकम नेपालमा बिरामीहरुलाई बाँडिएको र त्यो बेला आफू जापानमा रहेको तर्क गरिन् । मानविय कर्तव्य भएकाले आफूले यस्तो अभियान चलाउने गरेको उनका जिकिर थियो । उनले भनिन्, ‘एउटा नेपाली छोरो, दुःख गर्न गएको, काम गर्न गएको, अर्काको देशमा मृत्युदण्ड दिने भन्ने कुरा कसैलाई मन पर्दैन् । तपाईंको भाई त्यो ठाउँमा भएको भएपनि हामीले पैसा उठाउनु पथ्र्यो । उद्धार गर्नुपथ्र्यो । त्यो हाम्रो मानविय कर्तव्य हो । तर, के भयो भने जतासुकै नेपालीहरुको फेसबुकमा बिनोद रानाभाटको फोटो यति अपडेट भयो कि, कतारको सरकारले ल अब ठिकै छ, यसलाई उद्धार गरिदिनु पर्यो भनेर हामीले थाहा नपाई, अर्जुन भाइले विदेश पैसा पठाउनुभन्दा अगाडि नै काठमाडौंको एयरपोर्टमा आइपुगेको हामी त छक्कै पर्यौं । त्यसपछि त्यो पैसा घोटाला हुन्छ भनेर समिति बनाएर, एक–एक पैसाको हिसाब गर्नुपर्छ भनेर हामीले समिति बनाउन लगाएर त्यो समितिले यहाँ पिडित भएका व्यक्तिहरुलाई त्यो पैसा दिएको हो । यसको बारेमा मलाई भन्दा पनि अर्जुन भुसाल भाईलाई नै सोध्नुहोला ।’ तर, उक्त अभियानका अर्का अभियन्ता अर्जुन भुसालले भने आफूले रकम दिदाँ सबैसँग सल्लाह गरेको र सोही अनुसार दिएको बताएका थिए । संकलित रकम सामान्य सुगरको बिरामी र आफ्नै छोरा अभियन्ता भएका आशकुमार ताम्राकारलाई किन दिइयो भन्ने प्रश्नमा अर्जुनले भनेका छन्, ‘त्यो पैसा मैले एक्लै दिएको होइन् । मैले ज्वालाजी र अन्य साथीहरुलाई सोध्दा दिनु भनेपछि दिएको हुँ । यसमा मेरो मात्रै हात छैन् ।’ संग्रौलाले विगतमा पनि विभिन्न अभियानका नाममा रकम संकलन गर्दै आएकी थिइन् । रास्कोट अस्पताल, बिनोद रानाभाट बचाउ अभियान बाहेक अहिले संग्रौलाले ‘बुलन्द आवाज हेल्थपोष्ट अभियान’ का नाममा रकम उठाइरहेकी छन् । यसबाहेक उनले विभिन्न अभियानका नाममा सहयोग रकम संकलन गरेकी छन् । प्रचलित कानून अनुसार अभियानका नाममा कसैले कसैलाई सहयोग गर्ने बहानामा रकम उठाउन पाउँदैनन् । संग्रौलाले संकलन गरेको रकमको पारदर्शिताका बारे उनले नेपालवाचसँग भनिन्, ‘कसरी ठिक होइन्? एउटा मान्छे मरिरहेको छ तपाईंको घर अगाडि । हामीले कसैलाई लुटेको होइन्, हामीले हाम्रो घर बनाउनको लागि पैसा उठाएको होइन् । हाम्रो जीवन बनाउनको लागि पैसा उठाएको होइन् ।’ संग्रौलाले टेलिभिजन प्रस्तोता रवि लामिछानेको नेतृत्वमा निर्माण भएको रास्कोट अस्पतालको निर्माणमा आफूले २५ लाख रुपैयाँ संकलन गरेर सहयोग गरेको बताइन् । आफूले पनि लामिछानेको उक्त अभियानमा व्यक्तिगत रुपमा पाँच लाख रुपैयाँ सहयोग गरेको दावी गरेकी थिईन । उनले भनिन्, ‘तपाईले प्रश्न हामीलाइ गर्ने होइन्, काम नपाएर, पैसा उठाएर, घर बनाउने अभियन्ताहरुलाई प्रश्न गर्नुस् ।’ उनले थपिन्, ‘पैसा उठाउने भन्दैमा त्यहाँ भए भरका काम नपाउने अभियन्ताहरु, पैसा उठाएर घर बनाउने हुन्छन् नि, आफ्नो परिवार बनाउने, हो त्यस्ताहरुलाई यस्तो प्रश्न गर्नुपर्यो हजुरले । हामीलाई होइन् ।’ नेपाल सरकारको कानून अनुसार कुनै व्यक्तिले व्यक्तिगत रुपमा चन्दा, सहयोग संकलन र वितरण गर्न पाइदैन् । यसरी रकम संकलन र वितरण गर्ने नाममा दुरुपयोग हुने भएकाले यसलाई गैरकानुनी भनिएको छ । तर, अभियानको नाममा नेपालमा विभिन्न व्यक्तिहरुले निरन्तर पैसा संकलन तथा वितरण गर्दै आइरहेका छन् । संग्रौलाले पनि आफूले विभिन्न अभियानमा पैसा उठाएर दुःखी, असाहय र विपन्नहरुलाई सहयोग गरेको बताइन् । भनिन्, ‘तपाईंहरुले यी कुरा बुझ्नुपर्छ । नैतिक रुपमा पनि कुन अभियन्तालाई कुन प्रश्न गर्ने भन्ने कुरा बुझ्नुपर्छ नि ।’ नेपालवाचले उनलाई हालसम्म चलाएका अभियान र संकलित तथा वितरण गरिएको रकमको पारदर्शिता बारे प्रश्न गर्दा उनले फोन काटिन् । त्यसपछि फेरि पटक पटक सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् । तर, हिजो ७ फागुनको बिहान उनले सामाजिक सञ्जाल फेसबुकमा भने अघिल्लो दिन फोनमा भएको कुराकानीभन्दा बिल्कुलै फरक प्रसंग उल्लेख गरेकी छन् । संग्रौालले नेपालवाचले उनीसँग कुराकानी गर्दा ‘ठूल्ठूलो स्वर गरेको र कुर्लिदै अभियान चलाएर पैसा उठाउने आधिकारिकता कसले दियो’ भनि सोधेको उल्लेख गरेकी छिन् । नेपालवाच प्रतिनिधिले ज्वाला संग्राैलासँग पहिलाे पटक गरेकाे कुराकानी https://www.youtube.com/watch?v=4AnpcOH2A2k संग्रौलाले लेखेकी छिन्, ‘हिजो बिहान एक्कासी एउटा फोन आयो । मैले रिसिभ गरें । त्यसपछि मलाई बिनोद रानाभाटको पैसा कता गयो भनेर ठूल्ठूलो स्वरले सोध्ने मात्र हैन, रबिको रास्कोटदेखि अहिलेको हेल्थपोष्टसम्म अभियान चलाएर पैसा उठाउन कसले आधिकारिकता दियो भन्दै कुर्लिनुसम्म कुर्लियो एउटा अपरिचित मान्छे ।’ संग्रौलाले उनलाई ‘मुख छाडेको र फोन काटिदिएको कुरा आफ्नो स्टाटस्मा उल्लेख गरेकी छिन् । ज्वालाले लेखेकाे स्टाटस उनले थप लेखेकी छिन्, ‘बिनोद रानाभाट बचाउ अभियानको एक एक पैसा चितवन रानाभाट समितिबाट पीडितहरुलाई बाँडेको थाहा पाईपाई ब्ल्याकमेल गर्न किन आयौ ? अनि रबिको रास्कोट देखि लिएर अहिलेसम्म जति अभियान चलाएकी छु, हरेक अभियानको एक एक हिसाब संजालमार्फत सार्बजनिक गरेर सम्बन्धित ठाउमा हस्तान्तरण गरेकी छु । मैले आफै पनि लाखौ रकम अभियानहरुमा लगाएकी छु । र अर्को कुरो रोगी ,गरिब र निमुखाहरु बचाउनको लागि सामाजिक व्यक्तित्वहरुसँग सहकार्य गरेर अभियान चलाउन मैले तिम्रो अनुमति लिनुपर्ने हो र ? तिमी को हौ यो प्रस्न गर्ने अनि तिमीले अहिले सम्म समाजका कति दुखी पीडितलाई बचायौ? अनि रास्ट्र निर्माणका अभियानमा कति योगदान दियौ भनेर प्रस्न गरें ! त्यसपछि मुख छोड्न थाल्यो र फोन काटिदिएको त अहिले यस्तो समाचार छापेछ ।’ उनले समाचार लेख्नेलाई के गर्दा उचित होला भनेर सामाजिक सञ्जालमै सुझाव समेत मागेकी छन् । त्यसपछि उनले हिजो ७ फागुनको बिहान ११ बजे सामाजिक सञ्जालमार्फत आफूलाई फोन आएको नम्बर भनेर नेपापवाच प्रतिनिधिहरुका नम्वर सार्वजनिक गरिन् । संग्रौलाको स्टाटस् पछि हिमाल उपाध्याय बताउनेले नेपालवाच प्रतिनिधिसँगको संवादमा किन समाचार लेखेको भन्दै धम्की दिए । नेपालवाच प्रतिनिधिलाई ज्वाला संग्रौला निकट हिमाल उपाध्यायले अश्लील धम्की दिएको संवाद https://www.youtube.com/watch?v=CrqfC6j1cRg संग्रौलाले सामाजिक सञ्जालमा मोवाइल नम्बर सार्वजनिक गरेपछि अश्लील शब्दको प्रयोग गर्दै धम्की दिने काम निरन्तर जारी छ । कानुनअनुसार पाइदैन पैसा उठाउन मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ क मा उल्लेख भएअनुसार कसैले पनि कुनै व्यक्तिको लागि सहयोग, चन्दाभन्दै पैसा उठाउन पाउँदैनन् । अपराध संहिता, २०७४ को दफा १२६ क (उपदफा १)मा उल्लेख छ, ‘कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्बिर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमार्फत आह्वान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन ।’ कानुनअनुसार यदि कसैले यस्तो गरेका उक्त व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । सँगै उक्त व्यक्तिले सहयोग वा चन्दाको नाममा प्राप्त गरेको नगदी वा जिन्सी जफत हुन्छ । अपराध संहिता, २०७४ को दफा १२६ क (उपदफा २)मा भनिएको छ, ‘उपदफा (१) बजोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ ।’ याे पनि पढ्नुहाेसः सामाजिक अभियानका नाममा विकृति : सामाजिक असन्तुष्टिमाथि प्रचारको खेती सामाजिक अभियन्ताको सहयोग असुली धन्दा : संकलित करोडौं रकमको दुरुपयोग, पारदर्शीतामा प्रश्न
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया