प्रधानमन्त्री ओलीबाट के नौलो काम हुँदैछ आज !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र नेता गोकुलप्रसाद बास्कोटाले आज बिहान ट्वीटरमा लेखे ‘आज के हुन्छ ? पक्कै केही नयाँ !!!’ प्रधानमन्त्रीका विश्वासपात्रले लेखेपछि सामाजिक संजालभरि प्रधानमन्त्रीबाट केही घोषणा हुने आँकलन गरिएको छ । शुक्रबार मात्रै प्रदेश २ प्रदेश प्रमुख तिलक परियारलाई हटाएर सरकारले राजेश झालाई बनाएको थियो । प्रतिनिधिसभा विघटनपछि प्रदेशसभा पनि धरभर भएको विषय आइरहँदा फेरि नयाँ राजनीतिक घटनाक्रमको आशंका गरिएको छ । तर, यसबारे कुनै सुइको भने अहिलेसम्म छैन । आजै विराटनगरमा प्रधानमन्त्रीसमेत सहभागी हुने नेकपाको सभा छ । सभामा नेकपा नेता सुवास नेम्वाङले समेत प्रधानमन्त्रीबाट महत्वपूर्ण घोषणा हुने बताए । यसबाट पनि प्रधानमन्त्रीले केही घोषणा गर्ने वा कुनै कदम चाल्छन् की भन्ने संशय देखिएको हो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया