NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

वैद्य, डाक्टरले बचाउन नसकेका प्रचण्डलाई झाँक्रीले पनि बचाउन सक्दैनन् : ओली

प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई अब कसैले पनि बचाउन नसक्ने बताएका छन् । विराटनगरमा पार्टीको सभालाई सम्बोधन गर्दै उनले प्रचण्डलाई मोहन वैद्य, डा. बाबुराम भट्टराईपछि अब रामकुमारी झाँक्रीले बचाउन नसक्ने बताएका हुन् । ‘प्रचण्डजीको माया लाग्छ । उहाँले पहिले वैद्य लिनुभयो वैद्यले छोड्नुभयो । डा. लिनुभयो डाक्टरले पनि छोड्नुभयो । डाक्टरले पनि छोडेपछि झाँक्री लिनुभएको छ’ ओलीले भने, ‘वैद्य, डाक्टर, झाँक्री कसैले पनि बचाउन सक्दैन ।’ राजनीतिक रुपमा अस्थिर भएपछि प्रचण्डलाई राजनीतिक रुपमा कसैले पनि बचाउन नसक्ने उनको भनाई थियो । अझै पनि कमजोरी स्वीकारेर आए पार्टीमा स्थान दिने पनि उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष