छापामा आज : सर्वाेच्चलाई प्रधानमन्त्रीको चेतावनीदेखि विप्लवमाथिको प्रतिबन्ध फुकुवाको घोषणा हुने

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले आइतबारको अंकमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्तसहित वार्तामा बस्न तयार रहेको विषयलाई प्राथमिकता दिएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित सभामा सर्वाेच्च अदालत र संसद विघटन/पुनःस्थापनाको विषयलाई दिएको अभिव्यक्तिलाई प्राथमिकता दिइएको छ । कान्तिपुर दैनिकले ‘सरकार–चन्द समूह वार्तातर्फ अग्रसर’ शीर्षकमा मुख्य समाचार छापेको छ ।सरकारले विप्लव समूहमाथि २०७६ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो। कान्तिपुरले स्रोतलाई उल्लेख गर्दै बालुवाटार र चन्द समूहबीच दुई पटक पत्र आदानप्रदान भएको दाबी गरेको छ। कान्तिपुर अगाडि लेख्छ, ‘सुरुमा बालुवाटारबाटै संवाद गरौं भन्ने कुरा गयो, त्यसपछि चन्द समूहले संवादका लागि सर्त अघि सार्यो, जघन्य अपराध गरेकालाई जेलमुक्त गर्नेबाहेक अरू सर्तमा सकारात्मक रहेको तर पार्टीका महासचिवको भनाइ पनि आउनुपर्ने जवाफ बालुवाटारले दियो,’ ‘चन्दको शनिबारको वक्तव्य त्यसैको परिणाम हो, सम्भवतः एक/दुई दिनमै मन्त्रिपरिषद् बैठक बसेर प्रतिबन्ध फुकुवाको घोषणा हुनेछ ।’ अन्नपूर्ण पोस्टले ‘नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको’ समाचार मुख्य बनाएको छ। यससँगै सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ने देखिएको समाचारमा उल्लेख छ। नयाँ पत्रिकाले भने प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगर अभिव्यक्तिलाई आलोचना गरेर मुख्य समाचार छापेको छ। ओलीले ‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ ’ भनेका थिए। नयाँ पत्रिकाले यो प्रसंगलाई सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावीका रुपमा अर्थ्याएको छ। उसले निर्भिक न्यायाधीश सत्तासँग डराउँदैनन् भन्दै चारवटा नजिर उल्लेख गरेको छ। नागरिक दैनिकले पनि प्रधानमन्त्री ओलीको विराटनगर सम्बोधनलाई मुख्य समाचार बनाएको छ। जसको शीर्षक छ- चुनाव हामीले नै जित्नुपर्छ। सरकारी मुखपत्र गोरखापत्रले पनि प्रधानमन्त्रीको सम्बोधनलाई मुख्य समाचार बनाएको छ। कर्णाली करिडोरको काम धमाधम भइरहेको खबरलाई गोरखापत्रले प्राथमिकताका साथ छापेको छ। जसको शीर्षक छ- टाढा रहेन सिमकोट।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया