प्रधानमन्त्रीले भने – यो फोर्स ल्यान्डिङ होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लामो समयको प्रयास र वार्तापछिमात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सहमति जुटेको बताएका छन् । नेकपासँग भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपालाई सहमतिमा ल्याउन सरकारले लामो प्रयास गरेको बताएका हुन् । नेकपासँगको सहमतिलाई उनले सुरक्षित अवतरण (सेफ ल्यान्डिङ) भनेका छन् । ‘यो फोर्स ल्यान्डिङ होइन, क्र्यास ल्यान्डिङ पनि होइन, यो सेफ ल्यान्डिङ हो,’ प्रधानमन्त्री ओलीले भने । नेकपालाई सहमतिमा ल्याउन सरकारले लामो समयदेखि गम्भीरताका साथ वार्ता गरिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे । ‘नेकपासँग रातारात सहमति भएको होइन, हामीले गम्भीरताका साथ वार्ता गरिरहेका थियौं,’ उनले भने, ‘तर, हामीले नगरा बजाएर वार्ता गरेनौं ।’
ताजा अपडेट
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
प्रतिक्रिया