ओली र विप्लवको हँसिलो फोटो राख्दै प्रधानमन्त्रीका सल्लाहकार थापा लेख्छन् ‘घाम र जूनको भेट’

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लवको नेकपाबीच सहमति हुने भएपछि केही दिनदेखि राजनीतिक वृत्त निक्कै तातिंदै आएको थियो । शुक्रबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी ओली र विप्लवबीच औपचारिक सहमति र संयुक्त सम्बोधन हुनु अघि उनीहरुबीच बालुवाटारमा भेटघाट भएको थियो । बालुवाटारबाट प्रधानमन्त्री ओली र विप्लव सँगसँगै जस्तो सभागृहमा प्रवेश गरेका थिए । प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतले विघटनलाई बदर गरे पनि प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक सक्रियतालाई निष्क्रिय बनाएका छैनन् । बरु उल्टै विद्रोही पहिचान बनाएको विप्लव समूहलाई मूलधारमा ल्याउन निक्कै सक्रियता देखाएका छन् । प्रधानमन्त्रीको यस्तो प्रयासपछि उनका प्रेस सल्लाहकारले दुवैको प्रशंसामा गर्दै बालुवाटारमा भएको सो भेटबारे सामाजिक संजालमा लेखेका छन् । घाम र जूनको भेट । उनले ओलीलाई घाम र विप्लवलाई जूनको उपमा दिएका हुन् । प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भएको सो भेटको फोटो सामाजिक संजालमा हाल्दै थापाले यस्तो लेखेका हुन् । विप्लव स्वयंले पनि सभागृहमा जुन र घामको प्रसंग निकालेर भाषण गरेका थिए । ‘यो कस्तो प्रेम भयो जुन र घामको जसो कहिल्यै भेट नहुने भने जस्तो एउटा गीत छ। जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइने गरिन्छ । हामीलाई त्यस्तैत्यस्तै हुन थालेको जस्तो मान्छे भनेर अनुमान गरिन्थ्यो । तर जुन र घामको पनि भेट त हुँदो रहेछ,’ उनले सम्बोधनका क्रममा भने, ‘योभन्दा अगाडि पनि हाम्रो कुरा भएको थियो । इमान्दारीपूर्वक नै प्रधानमन्त्रीसँग कुरा गरेका थियौं । हामी कसैमाथि हमला गरेर हैन, हामी नेपाली जनताको श्रममथि उभिएर देश बनाउन अभियानमा छौं । यस्तै चाहन्छौं । त्यो बनाउने नेतृत्व हामी गरौं भनेर छलफल चलाएका थियौं ।’ फोटोमा प्रधानमन्त्री ओली र विप्लव हँसिलो मुद्रामा प्रस्तुत भएको देख्न सकिन्छ । बालुवाटारबाट सभा गृह पुगेर प्रधानमन्त्रीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । उता विप्लवले भने आफूहरुबीच भएको तीन बुँदे सहमतिप्रति आफू प्रतिवद्ध भएको बताएका छन् ।
ताजा अपडेट
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
प्रतिक्रिया