NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

संसदबाट संसदमा चक्कर मार्दै फटाहाहरूले एक–एक गर्दै शासन गर्ने अनि जनतालाई समाजवाद भन्न मिल्छ ?

नेपाल सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर गरेर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आजैबाट पुनः शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा सहभागी भएका छन् । असोज ०७५ मा मात्र आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत कम्युनिष्ट आन्दोलन महापतन भएको निश्कर्षसहित उनले पुस्तक नै लेखेका थिए । विप्लवको पुस्तकलाई रातो खबर प्रकाशन गृह प्रा.लि. काठमाडौंले प्रकाशन गरेको थियो । प्रस्तुत छ, पुस्तकको पृष्ठ ३४–३८ मा विप्लवले प्रचण्ड र एमालेको महापतनमाथि गरेको विश्लेषणको अंशः नेपालमा संसदबाट समाजवाद भन्ने विचार र कार्यक्रम एमालेको बहुदलीय जनवादपछि नै देखिएको हो । शान्तिपर्ण तरिकाले जनवाद र समाजवादमा जान सकिन्छ भन्ने विचार आएपछि त्यसविरुद्ध चर्काे सङ्घर्ष पैदा भयो । त्यो सङघर्षमा सबैभन्दा कडा रुपले प्रस्तुत हुने र तीखा शब्दहरू प्रयोग गर्नमा प्रचण्ड–बावुरामहरू नै अगाडि थिए । नेपालमा संसदबाट समाजवाद भन्ने विचार र कार्यक्रम एमालको बहुदलीय जनवादपछि नै देखिएको हो । शान्तिपर्ण तरिकाले जनवाद र समाजवादमा जान सकिन्छ भन्ने विचार आएपछि त्यसविरुद्ध चर्काे सङ्घर्ष पैदा भयो । त्यो सङघर्षमा सबैभन्दा कडा रुपले प्रस्तुत हुने र तीखा शब्दहरू प्रयोग गर्नमा प्रचण्ड–बावुरामहरू नै अगाडि थिए । जनयुद्धमा एमालेविरुद्ध युद्ध नै चलाए । घोर आश्चर्य ! आज जनयुद्धको भीषणता र असंख्य वलिदानपछि फर्किएर एमालेको धन्दा भन्दा पनि तल्लो स्तरमा गिर्दै संसदीय व्यवस्थालाई नै जनताको व्यवस्था घोषणा गरेका छन् । त्यस समयमा प्रचण्डले एमालेको शान्तिपूर्ण जनवाद र समाजवादको विचारलाई ‘‘नेपालमा निम्न पुँजीवादी अवसरवाद कसरी दक्षिणपन्थी संशोधनवादमा पतन भयो र त्यसले आज कसरी सामन्तवाद र साम्राज्यवादको सेवा गरिरहेको छ भन्ने कुरा एमाले गुटको चरित्रले स्पष्ट गर्दछ । माक्र्सवादको नाम लिएर माक्र्सवादको मुटुमा छुरी धस्नु, वर्गसंघर्षको कुरा गरेर वर्गसमन्वयको व्यवहार गर्नु, जनताको नाम लिएर जनताकै छात्तीमा बुट बर्जानु, त्यहाँबाट पनि अघि बढेर राष्ट्रघात र जनहत्याद्वारा सामन्तवाद–साम्राज्यवादको प्रत्यक्ष सेवा गरी जनता र क्रान्तिका विरुद्ध प्रतिकारको अपिल गरी प्रतिक्रियावादसम्मको अभ्यास गर्नु आदि एमाले गुटको मुल चरित्र बन्न गएको छ । नेपालका सन्दर्भमा एमाले गुटको संशोधनवादका विरुद्ध संघर्ष नगरी सामन्तवाद र साम्राज्यवादका विरुद्ध संघर्षको कुरा गर्नु लेलिनले भनेझैं खोक्रो बकवासमात्र हुनेछ’’, (प्रचण्ड नेपाली क्रान्तिका समस्याहरू, एमाले गुट र संशोधनवादी फोहोरका डुङ्गुर जलाउने प्रश्न, पृ.९७) भनेका थिए । उनीहरूले एमालेलाई संसदीय व्यवस्था मान्दै क्रान्तिको विरोध र क्रान्तिकारीहरूमाथि दमन गरेका कारण प्रतिक्रियावादी र क्रान्तिको दुस्मनसमेत घोषणा गरेका थिए । जनयुद्धमा एमालेविरुद्ध युद्ध नै चलाए । घोर आश्चर्य ! आज जनयुद्धको भीषणता र असंख्य वलिदानपछि फर्किएर एमालेको धन्दा भन्दा पनि तल्लो स्तरमा गिर्दै संसदीय व्यवस्थालाई नै जनताको व्यवस्था घोषणा गरेका छन् । संसद्बाट नै समाजवाद ल्याउन सकिने एमालेकै तर्कहरूलाई निर्लज्ज प्रकारले दोहोर्याइरहेका छन् । यतिबेला प्रचण्डले तीन वटा तर्क गरिरहेका छन् : पहिलो, अब राजनीतिक रुपले युद्ध लड्नुपर्ने कोही दुस्मन छैनन् । दोस्रो, संसद्बाट नै समाजवाद ल्याउन सकिन्छ । तेस्रो, नेपालबाट शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउने मोडल खडा गरिन्छ । प्रचण्डहरू एउटा उचाइबाट अर्को दलदलमा भासिएर गरिरहेका यी तर्कप्रति क्रान्तिकारी कम्युनिष्टहरूको त कुरै छोडौं, सहमतिमा केही नयाँ होस् भनेर सहयोग गर्ने खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, प्राध्यापक शुरेन्द्र केसीसमेतलाई पनि एकरत्ति विश्वास लागेको छैन । प्रचण्डले भनेका छन्, ‘अब लड्नुपर्ने दुश्मन कोही छैन, त्यसैले क्रान्ति र सशस्त्र संघर्षको आवश्यकता छैन’ विश्लेषक महोदयहरू ! के यो सत्य कुरा हो त ? के नेपालमा प्रचण्डले उद्घोष गरेपछि जनयुद्धसम्म नयाँ जनवाद र वैज्ञानिक समाजवादभन्दा तल सम्झौता गर्नेलाई गद्दार र धोकेवाज भनेका र सत्ताबारे भनेको विश्लेषण सकिएको हो ? के नेपालमा विदेशी हस्तक्षेप, अतिक्रमण र दलाल पुँजीपति र सामन्तीहरूको सत्ता समाप्त भइसकेको हो ? के नेपाली जनतामाथि कुनै खालको उत्पीडन र शोषण बाँकी छैन ? के नेपालमा श्रमिक वर्गको सत्ता आइसकेको र राज्य जनताको भइसकेको हो ? खगेन्द्रले त प्रचण्डलाई नै इंकित गरेर ‘भिकारीसँग भिख माग्ने भिकारी हुँदैनन्’ भनेर नै लेखे ।प्रचण्डले जनयुद्धमा आफैंले एमालेलाई गरेको आलोचना, संघर्ष र हमलालाई कुल्चिँदै र उल्ट्याउँदै आज जे तर्क समाजवादको स्थापनाका सन्दर्भमा गरिरहेका छन्, के यी तर्क नयाँ छन् ? या कुनै सच्याइ छ ? जोकोही कम्युनिष्टलेमात्र होइन, राजनीतिक आन्दोलनको अध्ययन गरिरहेको बुद्धिजिवी र विश्लेषकलेसमेत सजिलै उत्तर दिन सक्छ, अहँ यहाँ कुनै नयाँ तर्क छैनन् र सत्यता छैन । कुनै नयाँपन पनि छैन ! यसमा केवल बर्नस्टिन, खु्रश्चोभ, ज्योती बसु र एमालेको संस्करण, आयाम र रोदनमात्र छ । १९ औं, २० औं शताब्दीको आत्मसमर्पण, विचलन र पतनको भद्दा अनुकरणमात्र छ । बर्नस्टिन, खु्रश्चोभ, गोर्वाचोभ, ज्योति बसु र एमालेको पुरानो अनुहारमा मिसिन र टाँसिन पुगेको कुरुपता र तुच्छतामात्र छ । प्रचण्ड जनयुद्ध हाँक्दाको लाल र नायक प्रचण्ड होइन । बर्नस्टिन हत्यारो सिदेमान, गद्दार खु्रश्चोभ र साम्राज्यवादको दलाल, पाले, एमालेको छायाँ र लासमात्र छ । प्रचण्डले भनेका छन्, ‘अब लड्नुपर्ने दुश्मन कोही छैन, त्यसैले क्रान्ति र सशस्त्र संघर्षको आवश्यकता छैन’ विश्लेषक महोदयहरू ! के यो सत्य कुरा हो त ? के नेपालमा प्रचण्डले उद्घोष गरेपछि जनयुद्धसम्म नयाँ जनवाद र वैज्ञानिक समाजवादभन्दा तल सम्झौता गर्नेलाई गद्दार र धोकेवाज भनेका र सत्ताबारे भनेको विश्लेषण सकिएको हो ? के नेपालमा विदेशी हस्तक्षेप, अतिक्रमण र दलाल पुँजीपति र सामन्तीहरूको सत्ता समाप्त भइसकेको हो ? के नेपाली जनतामाथि कुनै खालको उत्पीडन र शोषण बाँकी छैन ? के नेपालमा श्रमिक वर्गको सत्ता आइसकेको र राज्य जनताको भइसकेको हो ? यसबारे कसैले भयो भन्छन् भने त त्यसलाई राजनीतिक चेतना शून्य प्राणी भएको, राजनीतिक दृष्टिकोण समाप्त भएको या दिमागी सन्तुलन नभएको मनुवामात्र भन्न सकिन्छ । लाटोले पनि देख्छ कि नेपालमा संसदीय व्यवस्था त छ ! सत्तामा श्रमिक वर्ग होइन दलाल पुँजीपति वर्ग पुगेको छ । सामन्तहरू पनि दलालमा परिणत भएका छन् जनतामाथि उनीहरूको उत्पीडन र शोषण सकिएको होइन कि झन नयाँ रुप–रंगका उत्पीडनहरू थपिएका छन् । जस्तो कि वैदेशिक रोजगार, वेश्यावृत्ति, बेचविखन, हिंसा, हत्या, भ्रष्टाचार, चर्को ब्याज असुली आदी । जनता दिनदिनै उत्पीडन र शोषणविरुद्ध विद्रोहमा छन्, सुदखोर, मानव वेचविखन, भ्रष्टाचार, सीमा अतिक्रमणका विरुद्ध लडिरहेका छन् अनि कसरी जनताले लड्नुपर्ने तत्व कोही छैनन् ! कसरी संघर्ष र क्रान्ति गर्नुपर्ने शक्ति कोही छैन ! यो भन्न प्रचण्डलाई सुहाउँछ त ? यो त अतिभो भद्रजन ! अझ प्रचण्डको हकमा त यसलाई सम्बोधन गर्ने शब्द नै पाउन गाह्रो पर्छ किनकी उनले नै जनयुद्धपूर्व र जनयुद्धमा संसदीय व्यवस्था, सत्ताका सन्दर्भमा प्रष्ट रुपमा भनेका छन्, ‘‘संसद्को काम जनतालाई बेवकुफ बनाउनुमात्र हो भन्ने कुरा लेलिनले के पनि स्पष्ट गर्नुभएको छ, संसदीय व्यवस्थाका साँचो सार केही वर्षमा यो फैसला गर्नुमात्र हो कि शासक वर्गको कुन सदस्य संसद्मा गएर जनतामाथि दमन र उत्पीडन गर्ने हो ।’ यस्तो छ, संसद्वादका बारेमा माक्र्सवादी अवधारणा । तर, दुनियाँभरका नेपालका पनि संसोधनवादीहरूले माक्र्सवादका यी महान र वैज्ञानिक प्रस्थापनहरूलाई लत्याएर प्रतिक्रियावादी सत्ताको रक्षाको जुठोपुरो चाट्न संसदीय व्यवस्थाको पूजा गर्ने कुकृत्य गरिरहेका छन् ।’’ (पूर्ववत् पृ. ११२) । उनले सत्ताभन्दा अन्य कुरा गर्नेलाई जवाफ दिँदै भने, ‘‘हाम्रो विचारमा नेपाल र नेपाली जनताको समस्याको प्रमुख कारण यो वा त्यो नामको राजनीतिक सरकार र व्यवस्थाको होइन त्यो त राज्यसत्ताको समस्या हो जबसम्म राज्यसत्ता प्रतिक्रियावादी वर्गको हातमा हुन्छ, तबसम्म जुनसुकै नाम र रुपको सरकार र व्यवस्था आएपनि त्यसको काम जनतामाथि लुट र शोषण चलाइरहने नै हुन्छ’’, (पूर्ववत् पृ.७८) अनि अहिले आफैंले यो विचारको उपहास गर्छन् र संसदीय व्यवस्थाको गुणगान गर्छन् भने उनलाई के भन्ने ! उनी त सांच्चै नै असभ्य, अनैतिक, पतित मान्छेमा पर्छन् ! प्रचण्डको अर्को तर्क छ संसद्बाट शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउन सकिन्छ प्रचण्डको यो तर्क के पत्याउन सकिने र नयाँ हो ? संसद्बाट समाजवाद भन्ने बर्नस्टिन र खु्रश्चोभलाई त प्रचण्डले गद्दार, वेइमान, अपराध भनेका थिए त ! लाटोले पनि देख्छ कि नेपालमा संसदीय व्यवस्था त छ ! सत्तामा श्रमिक वर्ग होइन दलाल पुँजीपति वर्ग पुगेको छ । सामन्तहरू पनि दलालमा परिणत भएका छन् जनतामाथि उनीहरूको उत्पीडन र शोषण सकिएको होइन कि झन नयाँ रुप–रंगका उत्पीडनहरू थपिएका छन् । जस्तो कि वैदेशिक रोजगार, वेश्यावृत्ति, बेचविखन, हिंसा, हत्या, भ्रष्टाचार, चर्को ब्याज असुली आदी । जनता दिनदिनै उत्पीडन र शोषणविरुद्ध विद्रोहमा छन्, सुदखोर, मानव वेचविखन, भ्रष्टाचार, सीमा अतिक्रमणका विरुद्ध लडिरहेका छन् अनि कसरी जनताले लड्नुपर्ने तत्व कोही छैनन् ! कसरी संघर्ष र क्रान्ति गर्नुपर्ने शक्ति कोही छैन ! यो भन्न प्रचण्डलाई सुहाउँछ त ? यो त अतिभो भद्रजन ! प्रचण्डको अर्को तर्क छ संसद्बाट शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउन सकिन्छ प्रचण्डको यो तर्क के पत्याउन सकिने र नयाँ हो ? संसद्बाट समाजवाद भन्ने बर्नस्टिन र खु्रश्चोभलाई त प्रचण्डले गद्दार, वेइमान, अपराध भनेका थिए त ! के अब संसद् शान्तिको स्रोत बनिसकेको हो ? के संसदीय व्यवस्था जनताको मुक्ति दिने साधनमा परिणत भइसकेको हो ? संसदीय व्यवस्था प्रचण्डको पालादेखि उत्पीडन नगर्ने शान्तिको बहाना र श्रमिकको सत्तामा रुपान्तरित भइसकेको हो ? यो बकवास, संशोधनवादीहरूले १९ औं शताब्दीदेखि श्रमिक वर्गलाई ठग्न र लुट्नका लागि चालेको भयानक, चुत्थो र अनैतिक चित्कार होइन !? के यसलाई श्रमिक वर्गले पत्याउँलान ! संसदीय व्यवस्था मान्ने एमालेलाई ‘‘एमाले गुटले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका गद्दारहरू बाकुनिन, काउत्स्की, ट्राटस्की, खु्रश्चोभ, तेङ र यल्त्सीनसम्मको विरासतलाई अगाडि बढाइरहेको छ’’, (पूर्ववत् पृ. ९७) । …पञ्चायती हत्याराहरूलाई प्रतिकारको सट्टा काँधमा बोकेर हिँड्ने तथा सामन्त, जाली, फटाहा र सम्पूर्ण प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध जीवन–मरणको संघर्ष गरिरहेका क्रान्तिकारीहरूको प्रतिकार गर्ने एमाले गद्दार गुटको यो भन्दा भयानक के हुन सक्छ ? … नेपालको सन्दर्भमा एमाले गुटको संशोधनवादका विरुद्ध संघर्ष नगरी सामन्तवाद र साम्राज्यवादका विरुद्ध संघर्षको कुरा गर्नु लेलिनले भनेझैं खोक्रो बकवासमात्र हुनेछ किनकी आफ्नो सारत्वमा एमाले गुट माक्र्सवादको रामनामी च्यादरले छोपिएर आएको सामान्तवाद र साम्राज्यवाद नै हो’’ । (पूर्ववत् पृ. ९६) । …आखिर यो संसदीय व्यवस्थाले समग्र रुपमा राष्ट्रघात, जनहत्या, लुट र भ्रष्टाचारलाई बढाएर सामान्तवाद र साम्राज्यवादको सेवा गर्ने रहेछ भन्ने तथ्य आज छर्लङ्ग भएको छ । नेपालमामात्र होइन, आज यो संसदीय व्यवस्थाको पाखण्डी चरित्र विश्वस्तरमा नै नांगो भएर गइसकेको छ’’, (पूर्ववत् पृ. ७९) भनेका थिए त ! के अब संसद् शान्तिको स्रोत बनिसकेको हो ? के संसदीय व्यवस्था जनताको मुक्ति दिने साधनमा परिणत भइसकेको हो ? संसदीय व्यवस्था प्रचण्डको पालादेखि उत्पीडन नगर्ने शान्तिको बहाना र श्रमिकको सत्तामा रुपान्तरित भइसकेको हो ? यो बकवास, संशोधनवादीहरूले १९ औं शताब्दीदेखि श्रमिक वर्गलाई ठग्न र लुट्नका लागि चालेको भयानक, चुत्थो र अनैतिक चित्कार होइन !? के यसलाई श्रमिक वर्गले पत्याउँलान ! अहिले नै कुरा गरौं त, के संसद् जनताको भएको छ ? त्यहाँ त प्रतिक्रियावादीका दलालहरू र फटाहाहरू न पुगेका छन् । चोरी, डकैती, गुण्डा, तस्कर, भ्रष्टाचारीले जितेर हैरान परेको होइन त ! सत्तामा दलालहरूको कब्जा भएपछि, विदेशीहरूको पैसामा चलेका व्यक्तिहरू विजयी हुन्छन् भने संसद् कसरी जनताको भयो र संसद्बाट समाजवाद आउला ! संसद्बाट संसद्मा चक्कर मार्दै, फटाहाहरूले एक–एक गर्दै शासन गर्ने अनि जनतालाई समाजवाद भन्न मिल्छ !? यी सबै जनतालाई मुर्ख बनाउने तरिका होइन र ? यसमा कसैले शंका नगरे हुन्छ, जब कम्युनिष्ट आफ्नो विचार र आदर्शबाट विचलित हुन पुग्छ, तब उसले आफ्नो रक्षाका लागि माक्र्सवादको नाममा संसद्वादको गुणगान र बचाउ गर्न पुग्छ । प्रचण्डको यहाँ यस्तै विचलित रोदनमात्र देखा पर्छ । सत्तामा दलालहरूको कब्जा भएपछि, विदेशीहरूको पैसामा चलेका व्यक्तिहरू विजयी हुन्छन् भने संसद् कसरी जनताको भयो र संसद्बाट समाजवाद आउला ! संसद्बाट संसद्मा चक्कर मार्दै, फटाहाहरूले एक–एक गर्दै शासन गर्ने अनि जनतालाई समाजवाद भन्न मिल्छ !? यी सबै जनतालाई मुर्ख बनाउने तरिका होइन र ? यसमा कसैले शंका नगरे हुन्छ, जब कम्युनिष्ट आफ्नो विचार र आदर्शबाट विचलित हुन पुग्छ, तब उसले आफ्नो रक्षाका लागि माक्र्सवादको नाममा संसद्वादको गुणगान र बचाउ गर्न पुग्छ । प्रचण्डको यहाँ यस्तै विचलित रोदनमात्र देखा पर्छ । प्रचण्डले गर्ने तेस्रो तर्क छ, नेपालबाट एमालेसँग मिलेर शान्तिपूर्ण तरिकाले समाजवादको नयाँ मोडल खडा गर्छौं भन्ने । मित्रहरू, पहिलो कुरा शान्तिपूर्ण तरिकाले समाजवादमा जान सकिन्छ, पुँजीवादीहरूसँग मिलेर समाजवाद ल्याउने भन्ने तर्क कुनै नयाँ मोडल नै होइन । यो त सय वर्षभन्दा पहिले जर्मन संशोधनवादीले प्रयोग गर्दा–गर्दा थोत्रो भएको, खु्रस्चोभी संशोधनवादीहरूले लगाउँदा–लगाउँदा च्यातिएर गुप्तांग पनि छोप्न नसक्ने भइसकेको मोडल होइन र, हो ! त्यो मोडलले संसारमा कहाँ, कस्तो परिणाम दियो ? कम्युनिष्ट आन्दोलनलाई कसरी क्षति गर्याे र पुँजीवादी व्यवस्थालाई टिकाउन मद्दत गर्रयाे भन्ने दुनियाँका आँखामा ताजै छ । संशोधनवादीको बुद्धिमा लागेर र पुँजीवादीसँग मिलेर क्रात्किारी रोजा लक्जेम्बर्ग र लिब्नेख्तलगायत हजारौं सर्वहारालाई हत्या गर्ने यही मोडल होइन र ! फ्रान्स, बेल्जियम, अष्ट्रेलिया, अमेरिकामा सर्वहारा वर्गलाई धोका दिने र मालिकहरूलाई साथ दिने यही मोडल होइन ? अनि भारतका क्रान्तिकारी नेता चारु लगायत हजारौं कम्युष्टिलाई नरसंहार गर्ने बदनाम मोडल यही होइन ? संसारमा असफल हुँदै नेपालमा जनयुद्धभरी संसदीय व्यवस्थाको पक्षपोषण गरेर प्रचण्ड–बाबुरामको टाउकाको मोल तोक्ने र हजारौं क्रान्तिकारीहरूको हत्या गर्ने संसदीय व्यवस्थाको खम्बा एमालेको मोडल यही होइन र ! संसारमा असफल हुँदै नेपालमा जनयुद्धभरी संसदीय व्यवस्थाको पक्षपोषण गरेर प्रचण्ड–बाबुरामको टाउकाको मोल तोक्ने र हजारौं क्रान्तिकारीहरूको हत्या गर्ने संसदीय व्यवस्थाको खम्बा एमालेको मोडल यही होइन र ! हो मित्रहरू ! यो संशोधनवादीहरूले नयाँ मोडल भनेर पुँजीवादको मतियारका रुपमा अगाडि सारेको पतित मोडल हो । सर्वहारा वर्ग र कम्युनिष्टहरूको नजरमा बदनाम र ध्वस्त भएको काम नलाग्ने मोडल हो । यसलाई प्रचण्डहरूले नयाँ भनेर प्रस्तुत गर्नु भनेको सम्पत्तिको लोभमा वेश्यालयलाई ब्रह्मचारी केन्द्र भनेर नामाकरण गर्नुजस्तै हास्यास्पद छ ! हो मित्रहरू ! यो संशोधनवादीहरूले नयाँ मोडल भनेर पुँजीवादको मतियारका रुपमा अगाडि सारेको पतित मोडल हो । सर्वहारा वर्ग र कम्युनिष्टहरूको नजरमा बदनाम र ध्वस्त भएको काम नलाग्ने मोडल हो । यसलाई प्रचण्डहरूले नयाँ भनेर प्रस्तुत गर्नु भनेको सम्पत्तिको लोभमा वेश्यालयलाई ब्रह्मचारी केन्द्र भनेर नामाकरण गर्नुजस्तै हास्यास्पद छ !

ताजा अपडेट

नेपालवाच विशेष