‘प्रचण्डका थोरै विप्लवका पूरै हतियार खोलाले बगायो’– शर्मा

काठमाडौं । कांग्रेसले यस शुक्रबार विद्रोही विप्लव समूहसँगको सहमतिपछि उनीहरुले प्रयोग गर्ने गरेका हतियारबारे गम्भीर सवाल उठाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै यस अघि प्रचण्ड आउँदा खोलाले बगाएको थोरै हतियारर विप्वल आउँदा पूरै बगाएको हो भनेर प्रश्न गरेका हुन् । शुक्रबारमात्रै सरकार र विद्रोही विप्लवको नेकपाबीच तीन बुँदे सहमति भएको थियो । तर, तीन बुँदामा हतियारको विप्लव समूहले बोक्ने गरेको हतियारको प्रसंग उल्लेख नभएपछि शर्माले हतियारबारेको चौथो बुँदा खोइ भन्दै प्रश्न उठाएका हुन् । ‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरैरु राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोईरु सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’ प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा उल्लेख छ ।
प्रतिक्रिया