NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

भोलि मेलम्चीको पानी बागमतीमा पठाइँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा आएको पानी बागमती नदीमा पठाइने भएको छ। फागनु १० गतेदेखि सुरुङ परीक्षणका लागि पठाइएको पानी शनिबार (भाेलि) अपराह्न पाँच बजे सुन्दरीजलस्थित प्रशोधनकेन्द्रबाट बागमतीमा पठाइने भएको हो। सुरुङ भरिन अझै केही दिन लागे पनि थोरै पानी सुन्दरीजल आइपुगेकाले त्यसलाई बागमतीमा पठाउन लागिएको मेलम्ची खानेपानी विकास समितिका साइट इन्जिनियर बर्मलाल राजभण्डारीले बताए। यसअघि समितिले सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेका थियो। झण्डै दुई दशक पहिले निर्माण शुरु भएको मेलम्ची खानेपानी आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो। निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो । सो परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो। मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो।परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौँ उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइनेछ। पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्नेछ।

ताजा अपडेट

नेपालवाच विशेष